मोरङको उर्लाबारी-३ को वडा सभापतिमा रोहित कार्कीले उम्मेद्वारी घोषणा गरेका छन् ।
यस नेपाल तरुण उर्लाबारी नगर कमिटीको सभापति भएर जिम्मेवारी सम्हाली सकेका कार्कीले नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा वडा सभापति पदमा उम्मेद्वारी दिएका हुन् ।
मोरङमा यही असोज ६ गते वडा अधिवेशन हुने समय नजिकिदै जादा आकाँक्षीहरुले धमाधम उम्मेद्वारी घोषणा गरिरहेका छन् । यसैक्रममा युवाहरुमाझ लोकप्रिय छवि बनाएका कार्कीले पनि आफ्नो चुनावी प्रतिवद्धतासहित उम्मेद्वारी घोषणा गरेका हुन् ।
उनले आफ्नो कार्यकालमा पार्टीको वडा कार्यालय भवन निर्माण गर्ने, स्थानीय, प्रदेश र संघीय निर्वाचनमा पार्टीका उम्मेद्वारलाई जिताउन विभेदरहित सबै संयन्त्र परिचालन गरी सक्रिय भूमिका निर्वाह गर्ने, चौमासिक रुपमा क्रियाशील सदस्यहरुको भेला गरी पार्टी सम्बन्धी प्रशिक्षण, अन्तरक्रिया गर्ने साथै क्रियाशील सदस्यहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न तालिम सञ्चालन गर्ने जनाएका छन् ।
यस्तै, युवाहरुलाई पार्टीमा आकर्षित गर्न विभिन्न उत्प्रेरणामूलक कार्यक्रम सञ्चालन गर्ने, सबैको सुझाव, सल्लाह, सहभागितामा वार्षिक कार्ययोजना बनाएर पार्टीलाई चलायमान बनाउने, मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको नामलाई पुरानै मंगलबारे अस्पताल तथा ट्रमा सेन्टरमा परिवर्तन गर्ने कार्यमा सबैसँग हातेमालो गरेर आन्दोलन अघि बढाउन सक्रिय तथा समन्वयकारी भूमिका निर्वाह गर्ने उनको प्रतिवद्धता पत्रमा उल्लेख छ ।
पार्टीमा युवा देखी पाका सबैलाई समेटेर अघि बढ्न सक्ने क्षमता भएका कार्कीको वडा सभापतिमा उम्मद्वारी घोषणा भए सगै क्रियाशील सदस्य तथा काँग्रेसजनमा उत्साह थपिएको छ ।
परोपकारी, उदार मन र सहयोगी भावनाका कार्की राजनीतिमा मात्र होइन, सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन् । कोरोना महामारीको समयमा उनकै नेतृत्वमा समस्यामा परेका उर्लाबारीका विपन्न नागरिकलाई खाद्यान्न सहयोग गरिएको थियो । उर्लाबारी क्षेत्रमा समस्या परेका ठाउँमा उनी पुग्ने र सहयोग गर्ने गरेका छन् ।
पदमा रहँदा वा नरहँदा सदैव राजनीति र समाजसेवामा आफूलाई समर्पित गरेका रोहित नै सबैलाई समेटेर लैजान सक्ने, युवादेखि पाका काँग्रेसजनको प्रिय पात्र रहेको स्वयम् काँग्रेसजन बताउने गरेका छन् ।



















