इटहरी/ असाहाराको सहारा बन्न स्थापना गरिएको माया घर नेपालले प्रदेश १ का विभिन्न स्थानबाट घरबाट निकालिएकाहरूको उद्धार तथा पुन स्थापना गराउँदै आएको छ । सुनसरी मोरङ झापा र उदयपुरका विभिन्न स्थानमा रहेका असाहायहरुको सहारा बन्दै आएको माया घर नेपालमा हाल ८० जना महिला तथा बालबालिकाहरू रहेका छन् ।
मानसिक अवस्था बिग्रिएका, अपाङ्ग, बुढेसकाल लागेर घरबाट निकालिएका आदिको अभिभावकको रूपमा वि. स २०७४ सालमा यो संस्था स्थापना गरिएको थियो । यहाँ आश्रय लिई आएका महिला तथा बालबालिकालाई सामान्य अवस्थामा फर्किएपछि ४ सय भन्दा माथिलाई परिवार सँग पुन मिलन गराई सकिएको छ । संस्थामा नियमित आम्दानीको स्रोत नहुँदा धरान, इटहरी र आसपासका रहेका संस्था तथा व्यक्तिगत सहयोगमै महिलाहरूले माया घर सञ्चालन गर्दै आएका छन् । नपुग रकम महिलाहरूले नै व्यवस्थापन गर्दै आएका छन् भने माया घरमा आश्रितहरूलाई व्यवस्थापन गर्न, औषधि उपचार र विद्यालय जाने उमेरका नानीहरूका लागी मासिक ५ लाख रुपैयाँ जति खर्च हुने अनुमान गरिएको छ । केही वर्ष अगाडि यहाँ पुराण लगाएर दाताबाट प्राप्त साढे ७ कट्ठा जग्गामा माया घर स्थापना गरिएको हो । सडकमा बेवारिसे, अनाथ र अशक्त ज्येष्ठ नागरिकहरूको संरक्षण गर्दै आएको इटहरीस्थित माया घर नेपाललाई कोरोनाले समेत ठुलो असर पारेको छ यहाँ रहेका मध्य ४५ जनामा कोरोना पोजेटिभ देखिएको थियो यस्तो अवस्थामा समेत दिन रात खटिँदै आएको माया घरले हाल सम्म १२ सय जना भन्दा बिको उद्धार गरिसकेको छ । मामाघर हजारौँको सहाराको केन्द्र बनेको छ । यहाँ आउनेहरू भन्छ हामीले नयाँ जीवन पाएका र्छौ मामाघर नभएको भए हामीले अकालमा ज्यान गुमाउनु पर्ने थियो । घरको अपहेलन, आफन्तको तिरस्कारका कारण सडकको जीवन बनेकाहरू माया घरले पुन घरपरिवार सँगै मिलाउने गरेको छ । यहाँ असहाय मात्र नभएर लागु औषध, देखि मादक पदार्थ सेवन गर्ने समेत आउने गरेका छन् । उनीहरू भन्छन् यहाँ आउन नपाएको भए कि आत्महत्या गरेर मृत्यु हुन्थ्यो कि अकालमा ज्यान गुमाउनु पर्दथ्यो ।
यस संस्थाले इटहरीमा मात्र होइन यसको स्रोत,साधन र पहुँचले भ्याउने गरी अनाथहरूको सहयोग र उद्धार गर्दै आएको छ । यसको सञ्चालनका लागी कोरोना भन्दा पहिलेको समयमा केही सहजता भएता पनि हालको अवस्थामा भने धेरै गाह्रो रहेको माया घर नेपालकी उपाध्यक्ष राधिका कार्की थापाले जानकारी दिएकी छन् । उनी भन्छिन् मामाघर सँग आबद्ध भएका सम्पुणर् सदस्यहरु दैनिक १ घण्टा यहाँको खानपान र व्यवस्थापनका लागी विभिन्न संस्था नगरपालिका र समाजसेवीहरूसँग सहकार्यका सम्वन्घमा छलफल गर्ने गरेको जानकारी दिएकी छन् ।
हाल मामाघर नेपालमा जम्मा ८० रहेका छन् जसमा १५ बालबालिका ५० बृद्धा र बाकि युवतीहरू रहेका छन् । बाहिरी सङ्घ संस्थाको सहयोगमा चलिरहेको यो मामाघर कोरोनाको सङ्क्रमणकै कारणले हाल सहयोग समेत न्युनमात्र आउने गरेको छ । यसरी सकारात्मक सन्देश बोकेर महिलाहरुद्धारा स्थापित यो संस्थाको संरक्षण गर्नु हामी सबैको साथ सहयोगको खोचा रहेको छ । ताकी स्थानीय सरकारले यहाँ भवन देखि दिएर दैनिक क्रियाकलापमा केही राहत थप गरिदिने हो भने यस मायाघरमा रहेका महिला तथा वालवालिकाहरुको अवस्था केही सहज हुने देखिन्छ ।




















