इटहरी । सडकमा बेवारिसे , अनाथ र अशक्त ज्येष्ठ नागरिकहरूको सैरक्षण गर्दै आएको इटहरी स्थित माया घर नेपाल अन्तत एक महिना पछि कोरोना संक्रमणबाट मुक्त बनेको छ ।     नयाँ भरेयन्ट सहित देखा परेको कोरोना संक्रमणबाट इटहरीस्थित माया घरका ४१ जनामा कोरोना संक्रमण पुस्टि भएको थियो ।

गत असार २९ मा ५० जनाको  स्वाब परिक्षण गर्दा ४५ जनामा कोरोना पोजेटिभ देखिएको थियो । कुल ८२ जनालाइ संरक्षण गर्दै आएको माया घर नेपाल कोरोनाबाट ग्रस्त बनेपछि सुरूवाति समयमा दैनिकि गुजार्न निकै कठिन परेको संस्थाकि प्रतिनिधि पार्वति भट्टराईले बताइन ।

इटहरीमा रहेका सामाजिक संस्था तथा अभिभावक उपमहानगर तथा स्वास्थ्यकर्मिहरूको निरन्तर साथ , सहयोग र हौशलाले अन्तत एक महिना  पछि माया घर कोरोनाबाट मुक्त बनेको संस्थाकि प्रतिनिधि पार्वति भट्टराइले बताइन । सामान्य रूघा खोकि र ज्वोरोको समस्या देखिएपछि आश्रीतहरूलाइ इटहरीकि उपमेयर लक्ष्मि गौतमको पहलमा कोरोना टेस्ट गरिएको थियो । स्वाव परिक्षणबाट ३२ जना र बिना लक्षणका १३ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।

एक महिना लामो संघर्षपछि कोरोना सहित अन्य रोगहरुबाट पनि म’क्त भएलगत्तै अब माया घर नेपाल खतरामुक्त रहेको संस्थाकि प्रतिनिधि पार्वती भट्टराइले बताइन । इटहरी सहित अन्य शहरहरूको सहयोगबाट सञ्चालन हुदै आएको माया घरमा अहिले पनि भने जस्तो औषधि उपचार हुन नसकिरहेका बुझिएको छ ।

भनेको समयमा खाद्न्न जुटाउन मुस्किल भइरहेको त्यसमा पनि माया घरमा आश्रित अधिकांस मानसिक रोगि रहेकोले उनिहरूको लालन पालन र संरक्षण गर्न पनि  समस्या भइरहेको बुझिएको छ ।  यता कोरोना पोजेटिभ देखिएकै समय देखि इटहरी अस्पतालले बिरामिहरूको दैनिक अवस्थाबारे मोनिटरिङ गर्दै आवस्यकिय औषधि उपचार उपलब्ध गराउदै आएको र अहिले पनि नियमित स्वास्थ्य चेकजाच अनुसार औषधिहरू उपलब्ध गराउदै आएको अस्पताल अन्तरगत इमरजेन्सि शाखाका प्रमुख रामकुमार धमलाले बताए ।बिचमा त्यस्तो समस्या आएको खण्डमा अस्पतालबाटै स्वास्थ्यकर्मि खटाएर चेकजाच गर्न सकिने उनले बताए ।