पथरी । मोरङको पथरी शनिश्चरे स्थित पथरी उद्योग बाणिज्य सघको चुनाव भदौ २८ गतेका लागि तोकिएको छ ।
चुनावी साधारण सभाको मिति तोकिएसँगै संघको अध्यक्ष लगायतको पदाधिकारीहरु उठ्ने चर्चा सुरु भएको छ । आगामी निर्वाचनको लागि निवर्तमान अध्यक्ष तथा दिपक हार्डवयर पथरीका प्रोपाइटर दिपक बस्नेत, पूर्ब अध्यक्ष तथा प्रतिक्षा फेन्सी स्टोरका संचालक धनकुमार तामाङ र निवर्तमान उद्योग सचिव तथा पौडेल गृल उद्योगका संचालक दिनेश पौडेलले अध्यक्ष पदमा उम्मेद्वारी दिने चर्चा चलेको छ ।
अध्यक्ष पदका प्रत्यासीहरुमा बस्नेत एमाले, तामाङ र पौडेल कांग्रेस र शंकर माओवादी निकट ब्याबसायी हुन् । तर सघको विधानतहः माओवादी निकट मानिएका शंकर ज्वयेलर्स पथरीका प्रोपाइटर अशोक शंकरले अध्यक्ष पदमा उम्मेद्वारी दावि गर्ने आधार नभएको बताइएको छ ।
विधानतहः संघको अध्यक्ष पदमा उम्मेद्वारी दिन सघमा निर्वाचित भै २ कार्यकाल विताएको हुनुपर्ने व्यावस्था भएको र शंकरको २ कार्यकाल पुरा नभएका कारण उनले उम्मेद्वारी विधानतहः मान्य नहुने बर्तमान समितीका एक सदस्यले बताए । शंकरको दावि प्रचारका लागि मात्रै भएको उनले बताए ।
अध्यक्ष पदका तिनै उम्मेद्वार पथरीका लोकप्रिय व्यावसायीहरु हुन । उद्योग वाणिज्य संघको भदौ ७ गते बसेको बैठकको निणर्य अनुसार २६ गते वार्षिक साधारणसभा हुनेछ भने २७ गते निर्वाचन सम्वन्धी सम्पूणर् तयारीहरु पूरा गर्ने र २८ निर्वाचन हुने महासचिव अशोक कुमार राईले जानकारी दिनुभयो ।
निवर्तमान महासचिव अशोक राईले आफू अध्यक्ष पदको उमेद्वारीमा हैसियत भएपनि सर्वसहमत भए महासचिवमा दोहोरिन सक्ने बताएका छन् । यस्तै महासचिवमा रोहित बास्तोला लगायतले इच्छा ब्यक्त गरेको बुझिएको छ ।
बाणिज्य सघको भदौ ७ गते बसेको बैठकले आगामी २६ मा उद्घाटन र २८ गते निर्वाचन गर्ने भएको हो । निर्वाचनको लागि पञ्चायत माविका प्रधानाध्यापक संयोजक अर्जुनकुमार बुढाथोकी, सदस्य भवानी प्रसाद दुलाल र दिपेन्द्र तिम्सिना तोकेको छ ।
नयाँ सदस्यहरुको लागि फर्म दर्ता तथा र नवीकरणको लागि २० गतेसम्म म्याद राखिएको संघले जनाएको छ ।



















