सुनसरी ,  सप्तकोशी नदीमा यस वर्षकै उच्च वहाव मापन भएको छ । जोखिम वढेको भन्दै गरैया टापुमा रहेका ३५ घर परिवारलाई उद्धारका थालिएको छ ।

पछिल्लो मापन अनुसार सप्तकोशीमा पानीको वहाव २ लाख ५७ हजार ७ सय ९० क्यूसेक प्रतिसेकेण्ड पुगेको हो । कोशी ब्यारेज कन्ट्रोल कक्षका अनुसार नदीको बहाव बढेसँगै ब्यारेजका हाल ३५ वटा ढोका खोलिएका छन । निरन्तरको वर्षासँगै चतरामा समेत जलस्तर बढेको छ ।  ब्यारेजमा गरिने पछिल्ला मापनमा वहाव थप बढ्ने आंकलन गरिएको छ ।

यसैबिच नदीको वहावमा उतारचढाव देखिदा श्रीलंका टापु क्षेत्रमा नदीले कटान थालेको छ । नदीमा आएको उतार चढावका कारण यस अघिको सातामै कटान लागेको सो क्षेत्रको कतिपय स्थानमा पूनः कटान सुरु भएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले नदीले टापु क्षेत्रका केहि स्थानमा कटान गरेको बताए । उनले गरैया टापुका २० घर परिवारलाई उद्दार गरी सुरक्षित स्थानमा सार्ने तयारी भैरहेको बताए । जसकालागि नेपाली सेना सहितको टोली सो क्षेत्रमा खटिएको प्रजिअ ढकालले जानकारी दिए ।