पथरी/ चाडपर्व नजिकिएसंगै देशका विभिन्न स्थानमा हाटबजारहरु सञ्चालन हुन थालेका छन् । दशै,तिहार ,छैठ लगाएतका चाडपर्व नजिकिरहदा टिकटकबाट एकाएक भाइरल भएको पथरीको सेल्फि रोडमा आज विहानै खसिबाख्राले भिड लागेको देख्न सकिन्थ्यो । टिकटकका लागी प्रख्यात मानियको यो रोडमा खसी बाख्राको भिडमा समेत टिकटकमा रमाउनेहरु प्रसस्त रहेका छन् । चाडपर्वको प्रभावका कारण यस रोडमा सयौको सख्यामा खसी बाख्राहरु सुनसरी मोरङका विभिन्न स्थानबाट ल्याइएको थियो । यस विषयमा खसिबाख्रा व्यापारी भन्छन् चाडपर्व पनि नजिकीएको छ गाउँ घरमा कोरोनाको प्रभावका कारण बिक्री नभएपछी यहाँ मानिको आवतजावत बढि भएकाले यहाँ विक्री गर्न ल्याएको उनिहरुको भनाई रहेको छ ।
यस वियषमा टिकटक बनाउदै आएकाहरु भन्छन् सफा अनि सुन्दर देखिने यो रोड यसरी खसीबाख्रा ल्याउदा यसलाई व्यबस्थापन र सरसफाइ गर्न नसके यो रोड कुरुप बन्ने निश्चित रहेको उनिहरु बताउछन् ।





















