इटहरी । आफना दिगंवत सदस्यको सम्झनामा ब्लु डाइमण्ड  सोसाइटी इटहरीले एक कार्यक्रमको आयोजना गरि गाईजात्रा पर्व मनाएको छ ।

  यौनिक तथा लौगिंक अल्पसंख्यकहरुको साझा संस्था ब्लु डाइमण्ड सोसाइटी इटहरीले दिगंवत आफना सदस्यको सम्झनामा गाईजात्रा निकालेर इटहरी परिक्रमा गरी मनाएका हुन ।

   वर्षभरी दिगंवत भएका परिवारको सदस्यको सम्झनामा नेवार समुदायका मानिसहरुले गाईजात्रा निकालेर मनाउने परम्परा रहेको छ । नेवार समुदायले गाईको मुकुट लगाएर मृतात्मको चिरशान्तिको कामना सहित मनाउने गाईजात्रा सोही अनुसार सोसाइटीले मनाएको हो । aaa 1वर्ण धर्म लिगंको आधारमा भेदभाव नगरौं भन्ने संदेश सहित ब्लु डाइमण्ड सोसाईटीमा आवद्धहरुले विभिन्न नारा लेखिएका प्लेड र आफनो पहिचान सहितको व्यानर राखेर गाईजात्रा निकालेका थिए ।  

मृत्युु भएको आफ्नो सोसाइटिको सदस्यहरुको सम्झनामा  गाइजात्रा पर्व मनाएको कार्यक्रम सम्योजक देबेन्द्र चौधरीले बताए । गाईजात्रा मल्लकालिन कान्तिपुरका राजा प्रताप मल्लले पुत्र शोकमा डुवेर विप्क्षित वनेकी रानीलाई अरु पनि शोकमा परेका हुन्छ भन्ने जानकारी गराएर सम्झाउनको लागि सुरु गरेको मिथक रहेको छ । सोही अनुसारमा त्यही समयमा देखि हरेक वर्ष जनै पूर्णिमाको भोली पल्ट गाईजात्रा मनाउन थालिएको विश्वास गरिन्छ ।