मोरगं । केही वर्ष अघि सम्म सहज रुपमा गाउँमा दुध विक्री नहुने गरेका कारण आफुहरुका लागि मात्र पुग्ने गरी पशुपालन गर्दै आएका मोरगंको हरैचा क्षेत्रका किसानहरु पछिल्लो समयमा व्यवसायीक रुपमै पशुपालनमा लाग्न थालेका छन ।

 किसानहरुले उत्पादन गरेको सवै दुध नजिकै रहेको बनिगामा दुग्ध उत्पादक सहकारीले खरिद गरि दिन थालेपछि व्यवसायीक रुपमा पशुपालन गर्न हरैचा क्षेत्रका किसानहरु उत्साहित वन्न थालेका हुन ।

विगत चार वर्ष अगाडि सम्म आफुहरुले उत्पादन गरेको दुध विक्री नहुने गरेका कारण थोरै मात्र गाई पालन गरेर दुध खादै गरेकोमा अहिले बनिगामा दुग्ध उत्पादक सहकारीले जति पनि दुध खरिद गरिदिने गरेपछि व्यवसायीक रुपमा गाई पालन गर्न थालेको ग्रामथान ७का विकेन्द्रराज खड्का वताउछन ।

सहकारीले दुध लिइदिन थालेपछि ४ वर्ष अघि बुद्ध कृषि फर्म खोलेर व्यवसायीक रुपमै गाई पालन गर्न थालेको समेत खड्काले जानकारी दिए ।3

किसानहरुले उत्पादन गरेका दुध बनिगामा दुग्ध उत्पादक सहकारीले घरघरमा पुगेर खरिद गरि दिन थालेपछि यस क्षेत्रका किसानहरु उत्साहित वन्न थालेका छन । व्यवसायीक रुपमा दुधका लागि गाई भैषी पालन गर्ने किसानहरुको संख्या वढी रहेको तर्फ मध्यनजर गर्दै सो सहकारीले दुधको विविधिकरण गर्ने कारखाना नै सञ्चालनमा ल्याउने तयारी गरेको सहकारीका उपाध्यक्ष राधेप्रसाद तिमल्सिनाले वताए ।

उनले पशुपालनलाई सहज वनाउन घास लगाउने लगायतमा किसानहरुलाई सहज वनाएर थोरै लागतमा धेरै दुध उत्पादन गर्ने लक्ष्य समेत राखिएको जानकारी दिए ।1

हाल १७ सय लिटर दुध संकलन र विक्री गर्दै आएको सहकारीले पाउडर दुध उत्पादन गर्ने लगायतका प्रोजेक्ट ल्याएर आगामी पाँच वर्षमा दैनिक पाँच हजार लिटर संकलन गरि दुध तथा दुग्धबाट वनाइएका विभिन्न दुग्धजन्य पद्धार्थहरु विक्री वितरण गर्ने लक्ष्य बनिगामा दुग्ध उत्पादक सहकारी संस्थाले लिएको छ ।

 सहकारीले किसानहरुले उत्पादन गरेका दुधहरु आफै घरघरमा पुगेर संकलन गर्न थालेपछि पछिल्लो समयमा यस क्षेत्रमा दुधका लागि पशुपालन गर्नेहरुको संख्या वढ्न थालेको छ ।