इटहरी । नेपाल सरकारको चिकित्सा शिक्षा आयोगको एमविविएस तर्फको प्रवेश परिक्षामा पुर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल आफना पुर्व विद्यार्थी राहुल सुब्बालाई इटहरीमा रहेको सुनसरी सेण्ट जेभिर्यस सेकेण्डरी इङ्गलिसं बोडिङ्गलेले सम्मान गरेको छ ।

 नर्सरी देखि कक्षा १० सम्म विद्यालयमा अध्ययन गरी २०७३सालको एसइई परिक्षामा ए प्लस ल्याएर उत्तिर्ण गरेका सुब्बाले २०७८सालको चिकित्सा शिक्षा आयोग अन्र्तगतको एमविविएस तर्फको प्रवेश परिक्षामा पुर्ण छात्रवृत्तिमा पढ्न पाउने गरी नाम निकालेका हुन ।IMG_1673

 सम्मानीत विद्यार्थीहरु सुब्बालाई विद्यालयको तर्फबाट संस्थापक प्रध्यानाध्यापक कविन्द्र मण्डल ,संस्थापक रितु कटुवाल सहायक प्रध्यानाध्यापक बासुदेव श्रेष्ठले सम्मान पत्र सहित सम्मान गरेका थिए । सो अवसरमा सम्मानीत विद्यार्थी सुब्बाले आफनो लगनशिलतासंगै शिक्षक शिक्षिकाहरुहरुको मार्ग निर्देशनले आफु सफल भएको वताए । 


((