मोरगं । व्यवसायिक रुपमा कृषि पेशा अपनाउने हो भने कमाउनका लागि विदेश जानु नपर्ने मोरगंको बलियाका किसान नविन दाहाल उदाहरण बनेका छन ।
राम्रो आम्दानीका लागि युवाहरु विदेशी रहेको समयमा मोरगंको सुन्दरहरैचाको बलियाका दाहालले ११ कठ्ठा जमिनमा कृषि फर्म सञ्चालन गरि मनग्गे आम्दानी गर्दै आएका हुन ।
धनकुटामा कफि खेती समेत गर्दै आएका दाहालले बलिया ११ कठ्ठा जमिनमा ड्रागन फल सहित बाख्रा, कुखुरा, टर्की ,बटाई पालन गरेर राम्रो आम्दानी लिदै आएको नविन कृषि फर्मका सञ्चालक दाहालले वताए ।
उनले यही मुलुकमा बसेर केही गर्नु भनेर लाग्ने हो भनेर युवाहरु कमाउन कै लागि विदेशीनु पर्न अवस्था नआउने भएपनि राज्यको निती चाही स्पष्ट हुनु पर्नेमा जोड दिए ।
पछिल्लो समयमा लोकप्रिय वन्दै आएको ड्रागन फलको व्यवसायिक खेती सुरु गरेका दाहालको कृषि फर्ममा ड्रागन फल फल्न थालेका छन । निरन्तर ८ महिना सम्म फल दिने ड्रागन फल थोरै मिहिनेतमा राम्रो आम्दानी दिने तथा बजारको समेत समस्या नहुने कृषि उपजका रुपमा रहेको छ ।
किसानहरुको जिवन स्तरमा सुधार ल्याउने उद्धेश्यले सुन्दरहरैचा नगरपालिकाले किसानहरुलाई अनुदान दिने गरे बमोजिम अनुदानमा ड्रागन फलको खेती गरेका दाहालको कृषि फर्मको अनुगमन गरिएको छ । वास्तविक किसानहरुको पहिचान गरेर अनुदान उपलव्ध गराउदै आएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा.कृष्णवहादुर घिमीरेले वताए । उनले किसानहरुको जीवन उकास्न अनुदान दिने अनुदान साथै प्राविधिक सहयोग समेत गर्ने गरेको समेत जानकारी दिए ।
गत वर्षबाट सुरु भएको कोरोना कहर यता पुर्वी नेपालमा व्यवसायीक कृषि फर्म सञ्चालन गर्ने क्रम बढेको छ ।




















