धरान  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा छापा मारेर महत्वपुर्ण कागजात नियन्त्रणमा लिएर छानविन सुरु गरेको छ ।

   मेडिकल उपकरण खरिद ,निर्माण कार्य , अन्य सामाग्री खरिद लगायतमा आर्थिक अनियमितता गरिएको उजुरीको आधारमा छानविनका लागि आयोगको केन्द्रीय कार्यालय काठमाडौका साथै प्रादेसिक कार्यालय इटहरीले संयुक्त रुपमा छामा मारेर कागजात नियन्त्रणमा लिएको हो । 

 प्रतिष्ठानमा भई रहेका आर्थिक अनियमितताको छानविनका लागि काठमाडौंबाट प्रहरी उपरिक्षक टेक बहादुर तामागंको नेतृत्वमा ५ जना र इटहरी कार्यालयका एक जना गरी छ जना प्रतिष्ठानमा पुगेर खरिद शाखा र लेखा शाखाका केही कागजात नियन्त्रणमा लिएको र केही अध्ययन गरिएको टोलीका नेतृत्वकर्ता प्रहरी उपरिक्षक तामागंले बताए ।snapshot_006 1

  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आर्थिक गतिविधिसंग जोडिएर अनियमितता भई रहेको भन्दै आयोगको केन्द्रीय कार्यालय टंगाल तथा इटहरीमा निरन्तर रुपमा परिरहेका उजुरीहरुका विषयमा छानविनका लागि कागजात नियन्त्रणमा लिएर छानविन सुरु गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।

   अख्तियारले प्रतिष्ठानमा छामा मारेर कागजात नियन्त्रण लिएपनि प्रतिष्ठानका जिम्मेवार पदाधिकारीहरु उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरी शिक्षाध्यक्ष प्रा.डा.गुरु खनाल अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर शाह रजिष्टार प्रा.डा. मोहनचन्द्र रेग्मी चारै जनाको प्रतिष्ठानमा उपस्थित थिएन । विगत लामो समय देखि प्रतिष्ठानमा आर्थिक अनियमितता हुँदै आएको भनेर अख्तियारमा उजुरी पर्दै आएको र अख्तियारले छानविन तथा मुद्धा समेत चलाउदै आएको छ  । 

 प्रतिष्ठानमा पदाधिकारी नियुक्ती गर्ने समय देखि नै आर्थिक अनियमितता हुने गरेको आवाज समेत पटकपटक उठ्दै आएको छ । 

  पछिल्लो समयमा पनि प्रतिष्ठानमा आर्थिक अनियमितता वढेको लतालिगं भनेको भन्दै  प्रतिष्ठान सुधारको माग राख्दै कर्मचारीहरु आन्दोलित बनेका थिए भने नागरिक स्तरबाट समेत प्रतिष्ठान सुधारको लागि दबाब मुलक कार्यक्रमहरु हुँदै आएका छन ।