सुनसरी । आफुहरुको अनुरोध र माग अनुसार सरोकारबाला निकायले कोरोना विरुद्धको खोप उपलव्ध गराई दिएपनि इटहरी उपमहानगरपालिकाले खोप लगाउन समन्वय नगरि दिदा खोप लगाउनकै लागि इनरुवा आउनु परेको भन्दै व्यापारीहरु रुष्ट वनेका छन ।
उद्योगी, व्यापारी र कर्मचारीहरुले कोरोना विरुद्धको खोप लगाएर कोरोना रोकथाम तथा नियन्त्रणमा सहयोग पुग्ने भन्दै खोप लगाई दिन आग्रह गरे वमोजिम खोप उपलव्ध भएपनि प्राविधिक सहयोग उपमहानगरपालिकाले नगरिदिदा इनरुवा आउनु परेको व्यवसायीहरुले गुनासो गरेका हुन ।
कोरोना विरुद्धको खोप लगाउने कार्यमा सम्वन्धित पालिकासंग समन्वयमा गरिदै आएको भएपनि उद्योग वाणिज्य संघ इटहरीले माग गरेको खोप लगाउने कार्यमा इटहरी उपमहानगरपालिकाले तालमेल मिलाउन नसकेको संघका बरिष्ठ उपाध्यक्ष दिवस पोखरेलले वताए ।
उपमहानगरपालिकाले समन्वय नगरिदिदाका कारण खोप लगाउनकै लागि इनरुवा आउनु परेको भन्दै व्यापारी हरि खतिवडाले हामी कर इटहरी उपमहानगरपालिकामा तिर्छाै खोप लगाउन चाहि इनरुवा आउनु पर्ने भन्दै आक्रोस पोखे ।
होटल तथा पर्यटन व्यावसाय सञ्चालनका लागि सहज वनाउन व्यवसायी तथा कामदारहरुलाई खोप लगाए स्वास्थ्य सुरक्षा अपनाउदै व्यापार व्यवसाय गर्न सहयोग होस भनेर खोप लगाउन कार्यमा सहभागी भएको होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जिवन पराजुलीले वताए ।
कोरोना रोकथाम तथा संक्रमण फैलन नदिन खोप प्रवावकारी हुने तर्फ मध्यनजर गर्दै आफुहरुले प्रमुख जिल्ला अधिकारी सहित सरोकारवाला निकायसंग खोप लगाई दिन आग्रह गरे वमोजिम यस अघि नै पहिलो चरणमा एक सय जनाले लगाएको र अहिले पनि खोप लगाउने कार्यका लागि होटल तथा पर्यटन व्यवसायीहरु सहभागी भएको जानकारी दिए ।
यस अघि उद्योग व्यवसायीहरुले माग गरे बमोजिमको खोप आएपनि इटहरी उपमहानगरपालिकाले कटौती गरेको भनेर व्यवसायीहरुले गुनासो गरेका थिए ।




















