मोरगं । अहिलेको समयमा प्रविधियुक्त अपराध हुन थालेको र त्यस्ता अपराधको अनुसन्धान गर्न समेत प्रविधिकै प्रयोग गर्नु पर्ने प्रदेस नम्बर १का प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक अरुणकुमार विसीले वताएका छन ।
अपराधमा प्रविधिको प्रयोग हुन थालेको कारण त्यस्ता अपराधहरुका अनुसन्धानका लागि प्रविधिनै प्रयोग गर्नु पर्ने भएकोले प्रहरीले तालिम र पुर्वाधार उपलव्ध गराउनु पर्ने प्रहरी नावय महानिरिक्षक विसीले मोरगंको सुन्दरहरैचामा आयोजित एक कार्यक्रममा वताएका हुन । 
सुन्दरहरैचा नगरपालिकाले गत १ गते वडा नम्बर १को त्रिवेणी चोकमा रहेको शिव पञ्चायन ज्र्वलर्समा स्वचालित हतियार सहित लुटपाट गर्न आएको लुटेरा समुहलाई पक्राउ गरी कानुनको दायरामा ल्याउन सफल प्रहरीहरुलाई सम्मान गर्न आयोजित कार्यक्रममा विसीले अपराध नियन्त्रण नागरिकको सहयोग पनि महत्वपुर्ण हुने वताए ।
कार्यक्रममा लुटेरा समुहलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल भएको भन्दै मोरगंका प्रहरी प्रमुख प्रहरी उपरिक्षक जर्नादन जिसी , प्रहरी नायव उपरिक्षक मञ्जीत मुकारुगं , इलाका प्रहरी कार्यालय बेलवारीका प्रमुख प्रहरी निरिक्षक सरोज खनाल , प्रहरी नायव निरिक्षक दुर्गा पोमो र प्रहरी जवान हेमराज तामागं लाई सम्मान गरेको थियो ।
सम्मान कार्यक्रममा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकाल , उपप्रमुख धनमाया तामागं, प्रमुख प्रशासकीय अधिकृत डा.कृष्णवहादुर घिमीरे लगायत जनप्रतिनिधिहरुले नगद पाँच हजार सहित सम्मान गरेका थिए ।




















