इटहरी । एमविविएस र इञ्जिनियरिगं तर्फको प्रवेश परिक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल इटहरीको सुषमा गोदावरी कलेजले आफना चार जना विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
कलेजले एमविविएस तर्फ नाम निकाल्न सफल विद्यार्थीद्वय शिशिर शाही र राहुल सुब्बा र इञ्जिनियरिगं तर्फ नाम निकाल्न सफल विद्यार्थीद्धय दर्शन कोइराला र आयुष अधिकारीलाई सम्मान गरेको हो ।
कक्षा ११ र १२ मा आफनो कलेजमा अध्ययन गरेका विद्यार्थीहरुले चिकित्सा शास्त्र तथा इञ्जिनियरिगं तर्फ नाम निकाल्न सफल विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको प्राचार्य वोधराज नेपालले जानकारी दिए ।
पुर्ण छात्रवृत्तिमा अध्ययनका लागि नाम निकाल्न सफल विद्यार्थीहरुलाई कलेजको तर्फबाट नगद पाँच पाँच हजार सहित दोसल्ला , अविर लगाएर सम्मान गरियो ।
सम्मानित विद्यार्थीहरुलाई कलेजका प्राचार्य नेपाल , डारेक्टर सुकदेव घिमीरे र पेशल पोखरेलले सम्मान गरेका थिए । विज्ञान संकायका साथै व्यवस्थापन र होटल व्यवस्थापन विषयको अध्ययन हुने सुषमा गोदावरी कलेजमा अध्ययन गरेका विद्यार्थीहरु थप उच्च शिक्षा हासिल गर्ने क्रममा अन्य कलेजहरुमा अध्ययन गर्दा समेत उत्कृष्ट नतिजा ल्याउन सफल हुदै आएको समेत प्राचार्य नेपालले वताए ।
((




















