सुनसरी । विरमाया स्मृति फाउण्डेशनको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी सुनसरीको समन्वयमा आयोजित रक्तदान कार्यक्रममा २५ पिन्ट रगत संकलन भएको छ । 

कोरोना कहरका कारण रगत अभाव हुनेतर्फ मध्यनजर गर्दै फाउण्डेशनले दोस्रो कार्यक्रमको रुपमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । 

चतराको औलिया मठ तथा छिन्नामस्त संरक्षण समितिसंगको सहकार्यमा आयोजना भएको रक्तदान कार्यक्रम नेपाल रेडक्रस सासाइटी सुनसरीका सभापति उमेश थापाका प्रमुख अतिथि प्रमुख आतित्थ तथा मनोज तामाङ्गको अध्यक्षतामा भएका कार्यक्रममा २५ जनाले रक्तदान गरका थिए ।

कोभिट महामारीको समस्याले रक्तदान कार्यक्रम नभएको र रगतको अभाव नहोस भनर रक्तदान कार्यक्रम गरिएको स्वर्गीय विरमाया स्मृति फाउण्डेशनका अध्यक्ष तामाङ्गले बताए । 

सोही कार्यक्रममा फाउण्डेशनले औलिया मठ तथा छिन्नामस्त संरक्षण समितिलाइ ५ थान कुर्सी समेत प्रदान गरिएको थियो ।

कार्यक्रममा वराहक्षेत्र वडा नं १का अध्यक्ष सुरेस श्रेष्ठ , वडा सदस्य शुशिला शेर्पा समाजसेवी ममता तामाङ्ग , सुरेन्द्र तामाङ्ग , लगायतको सहभागिता रहेका थियो ।