इटहरी । सामाजिक कार्यमा सक्रिय रहदै आएको रोटरी क्लब अफ इटहरीले २५ औं स्थापना दिवसको अवसरमा इटहरी,धरान सडक खण्डको हाँसपोसा सामुदायिक बन क्षेत्रमा बृक्षारोपण गरेको छ ।
हाँसपोसा सामुदायिक बन क्षेत्रको खाली रहेको ठाँउमा बन उपभोक्ता समुह र प्रकृति संरक्षण अभियानको सहकार्यमा आँप, लिची अम्बा, अमला, बेल लगायतका चार सय फलफुलका बिरुवाहरु बृक्षारोपण गरको हो ।
क्लवले कोरोना कहरका समयमा पनी विभिन्न समस्यामा परेकाहरु लाई खाद्यन्न,मास्क,सेनिटाइजर,शैक्षिक सामाग्री, ह्वील चियर लगायतका सामग्रीहरु वितरण कार्यमा सक्रिय रहदै आएको छ । 
वन संरक्षण तथा आकर्षण बनाउने उद्धेश्यले वन क्षेत्रमा फलफुलका बिरुवा रोपेर वाताबरणको संरक्षण साथै जंगली जनावरहरुलाई आहारा पनि हुने र गाँउ घरमा जंगली जनावरले दुख नदिने हुनाले यस क्षेत्रमा फलफुलका बिरुवा रोपीएको क्लबकी अध्यक्ष सविनाशोभा कोइरालाले बताइन ।
बृक्षारोपण कार्यक्रममा उद्योग बाणीज्य संघ इटहरीका अध्यक्ष भिम बहादुर पौडेल, हाँसपोसा सामुदायिक बन समुहका अध्यक्ष महेन्द्र गीरी, प्रकृति संरक्षण अभियानका अभियान्ता ध्रुव घिमिरे लगायतको सहभागिता रहेको थियो ।




















