इटहरी । नेपाल सरकार अन्र्तगत रहेको चिकित्सा शिक्षा आयोगले लिएको एमविविएस को  प्रवेश परिक्षामा इटहरीको सुषमा गोदावरी कलेजका दुई विद्यार्थीले पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन ।

    सुषमा गोदावरी कलेजका विद्यार्थीद्वय शिशिर शाही र राहुल सुब्बाले एमविविएस का लागि पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएको कलेजका प्राचार्य वोधराज नेपालले जानकारी दिएका हुन ।228982350_1889956804500437_8577773183589481583_n

    विज्ञान संकायका साथै व्यवस्थापन र होटल व्यवस्थापन विषयको अध्ययन हुने सुषमा गोदावरी कलेजमा अध्ययन गरेका विद्यार्थीहरु थप उच्च शिक्षा हासिल गर्ने क्रममा अन्य कलेजहरुमा अध्ययन गर्दा समेत उत्कृष्ट नतिजा ल्याउन सफल हुदै आएको समेत प्राचार्य नेपालले वताए । कोरोना कहरका कारण भौतिक रुपमा कक्षा सञ्चालन हुन नसकिरहेको भएपनि हाल कलेजले प्रविधिमैत्री कक्षा सञ्चालन गर्ने गरी कक्षा ११का लागि विज्ञान,व्यवस्थापन र होटल व्यवस्थापनका लागि नयाँ शैक्षिक सत्र अन्र्तगत विद्यार्थी भर्ना लिइरहेको समेत जनाइएको छ ।