धनकुटा । मोटरसाईकलमा कागुनेबाट छिन्तांक तर्फ लादै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएका गस्ति प्रहरी टोलिले लागु औषध गाँजा नियन्त्रणमा लिएको छ ।
धनकुटा जिल्लाको शहिदभुमि गाउँपालिका वडा नम्वर २ साम्बुगाउँ स्थित हिले छिन्तांक कच्चि सडक खण्डमा उक्त टोलिले चेकजाँच गर्ने क्रममा फेला पारेको गाँजा प्रहरीले नियन्त्रणमा लिएको छ ।
उक्त लागु औषध गाँजाको बेर्ना जस्तो देखिने २ सय ९ वटा वोट प्लष्टिकको बोरामा प्याक गरि ५ प ६६७५ नम्वरको मोटरसाईकलमा ल्याउदै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
मोटरसाईकल, मोटरसाईकल चालक नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय छिन्तांकमा राखि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनकुटामा पठाईएको ईलाका प्रहरी कार्यालय छिन्तांकले जनाएको छ ।
छिन्तांकबाट २ किलो मिटर पश्चिमबाट उक्त गाँजा, धनकुटा जिल्लाको शहिदभुमि गाउँपालिका वडा नम्वर ५ खोकु बस्ने राज बहादुर राईको छोरा बर्ष २१ का प्रविन राई र राजेन्द्र राईको छोरा बर्ष २४ को रविन राईलाई जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक नकुल पोख्रेलले जानकारी दिनुभयो ।




















