धनकुटा । धनकुटा नगरपालिका वडा नम्वर ७ यलम्बर चोक स्थित आफ्नै घर अगाडी राष्ट्रिय जनमुक्ति पार्टी धनकुटाका निवर्तमान अध्यक्ष हरिभक्त वान्तवा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

विहिबार विहान आफ्नै घर अगाडीको सानो रुखमा डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा शव फेला परेको परिवारले जानकारी दिनुभयो ।

८२ बर्षीय मृत्तक वान्तवाको शव भुईमा खुट्टा टेकिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार राईले आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ । थप अनुसन्धान गर्न बांकी रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

राईलाई नसा सम्बन्धि समस्या रहेको र औषधी खादै आएकोले बुधबार बेलुका मृत्तककी छोरी पार्वती राईले औषधी खुवाएर आएको जानकारी दिनुभयो । 

दुई श्रीमती विवाह गरेका राईका हाल पाँच छोरी एक छोरा छन् भने एउटी श्रीमती मरिसकेकी छन् भने अर्की पनि साथमा नभएको परिवार श्रोतले जनाएको छ ।