धनकुटा । जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटीएका गस्ती प्रहरी टोलिले सवारी साधान चेकजाँचका क्रममा अवैध रुपमा लादै गरेको सखुवाका काठ नियन्त्रणमा लिएको छ । 

पाख्रिबास नगरपालिका वडा नम्वर ९ स्थित हिले छिन्ताङ खण्डको कच्चि सडकमा चेकपोईन्ट राखि मानिस तथा सवारी साधानहरु चेकजाँच गर्ने क्रममा उक्त काठ प्रहरीले नियन्त्रणमा लिएको हो । 

उक्त काठ धनकुटा जिल्लाको शहिदभूमि गाउँपालिका वडा नम्वर ४ बस्ने बर्ष ३२ को संजय राईले चलाएको प्र.१–००२–००३ त १५९४ नम्वरको ट्याक्टरमा अबैध रुपमा ल्याउदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक नकुल पोख्रेलले जनाएको छ ।  

नियन्त्रणमा लिएका सालको काठहरुमा १० वटा चौकस, ६ वटा ढोका गरि जम्मा १६ थान र २९.‘८३ चिरान क्यु.बि.फिट काठ रहेको छ ।

काठ सँगै ट्याक्टर, ट्याक्टर चालक संजय राई समेत नियन्त्रणमा लिई काठ र चालकलाई जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याई आबश्यक कारवाहिको लागि डिभिजन वन कार्यालय धनकुटा पठाईएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

कुन बनको काठ हो, कहाँबाट ल्याएको, कहाँ लगेकोलगायतका विषयमा डिभिजन वन कार्यालय धनकुटाले छानविनकालागि अनुसन्धान शुरु गर्ने डिभिजन वन कार्यालय धनकुटाका डिभिजनल वन अधिकृत मेघराज राईले जानकारी दिनुभयो ।