झट्ट यो ठाउँ हेर्दा एक ग्यारेज जस्तै लाग्छ । तर, यो ठाउँ ग्यारेज भने होइन । यो त मोरङका व्यवसायी ज्ञानु बस्नेतले सञ्चालन गर्नुभएको पूर्वाञ्चलआस्विकार केन्द्र हो । यो आस्विकार केन्द्र मोरङको सुन्दरहैँचानगरपालिका वडा नम्बर ४ बलियामा सञ्चालनमा रहेको छ । यस आस्विकार केन्द्रमाअहिले विभिन्न मेसिनरी औजारहरु बनिरहेका छन् । केहि समय अगाडि उहाँ एक मेसीनरी खरीदकालागिभारत जानु भएको थियो । एउटा मेसीनरी खरीद गर्नको लागिमहिनौ लाग्दापनि नेपालल्याउन समस्या खेपेपछि उहाँले मेड इन नेपाल मेक इन नेपालभन्ने नारालाई आत्मसाथगर्दै यो आस्विकार केन्द्रको स्थापना गरेको जानकारी दिनुभयो ।

यदिविग्रिएका सामग्रीको मर्मत गर्न नेपालमा सम्भाव छ भने त्यसलाई बनाउनपनि सम्भव छ भन्ने धारण उहाँको छ । यहिधारण र उहाँको भोकले  अहिले यस आस्विकार केन्द्रमाइट्टाभट्टामाप्रयाग गर्न सकिने इट्टाबनाउने मेसिनतयारी अवस्थामा छ । यस्तै कन्ट्रक्सनमा प्रयोग गर्न सकिने विभिन्न मेसीनहरु यहाँबन्दै छन् । यस्ता सामग्रीमाअधिक्तमयहाँकै सामग्रीप्रयोग गरिएको उहाँले जानकारी दिनुभयो । मात्रै ५ प्रतिशत् विदेशीतयारी सामानप्रयोग हुने गरेको उहाँले बताउनुभयो । यहाँउत्पादनभएका सामग्रीहरु मजबुदहुनुका साथै खरिद लागत र सञ्चालनलागतपनिकम हरेको छ ।

यसरी नेपालमा नै नेपालीकच्चा सामग्रीको प्रयोग गरेर अन्य मेसीनरी पनिउत्पादन गर्ने लक्ष्यउहाँको रहेको छ । तर, यस्ता मेसीनरीको उत्पादन र आस्विकारमा अत्याधिकलागतलाग्ने भएकाले एकलप्रयासले सम्भव नहुने उहाँको भनाइ छ । यस्ता क्षेत्रमा सरकारी सहयोगको आवस्यकता सर्वोपरि रहने भएपनिअहिलेसम्म सरकारले यसतर्फ ध्याननदिएकोमा उहाँदुखी हुनुहुन्छ । यसरी हुने आस्विकार पनि सरकारले गर्ने भौतिकविकास  भन्दाकमनभएको र यसले देशको अर्थतन्त्रलाई मजबुदबनाउन सहयोग गर्ने भएकाले सरकारले लगानी गर्नु पनिआवश्यक रहेको उहाँको भनाइ छ ।

अहिले नै सरकारसँग हारगुहार गरिहाल्ने पक्षमआफू नरहेको उहाँ बताउनुहुन्छ । पहिलाबनाएर देखाउने र त्यसपछि सरकारले सहयोग गर्नेमा उहाँविश्वस्त हुनुहुन्छ । यसरी एकलप्रयासमा नेपाली सामग्रीको प्रयोगबाट विभिन्न मेसीनरीको लक्ष्यलिएर आस्विकारसमेत गरिहरनुभएकाउहाँलाई महावीर पुन सँग दाँज्दापक्कै फरक नपर्ला । नेपालमा गरे के हुन्नभन्ने बाक्याम्सलाई गरेरै देखाउने उहाँ जस्ता व्यक्तिलाई सरकारले विशेष ध्यानदिनु आवश्यक छ । जसले ज्ञानु वस्नेत जस्ता नेपालमै केहि गर्छौँ भन्नेलाई हौसलामात्रै होइन सरकारलाई पनिफाइदा पुग्छ ।