उदयपुर / उदयपुरका दाङ्खाली बाले परिचित लालबहादुर विष्टकाे ९० वर्षको उमेरमा गत साउन ७ गते निधन भयाे । समाजसेवी, शिक्षासेवी, राजनीतिज्ञ समेत रहेका विष्टकाे निधनले गाँउ नै शाेकमा परेकाे छ । यूँ गाविसबाट ४ पटक वडाध्यक्ष, पटक -पटक चण्डिबजार व्यवस्थापन समिति अध्यक्ष, थिदिन्खा गाउँ पञ्चायतका दुई कार्यकालका निर्वाचित भएका प्रधानपञ्चसमेत भएका विष्ट सामाजिक काममा सक्रिय थिए ।७ श्रीमती, १९ छोरा, १२ छोरी, १७ बुहारी, ४७ नाति, ३२ नातिनी, १२ पनाति र १० पनातिनीका धनी दाङ्खाली बाकाे निधनले विष्ट परिवार पनि शाेकमा पर्याे ।
११ छोरा, १२ छोरी, १७ बुहारी, ६ आमाले शनिबार १० औं दिनको कर्म गरे । परदेशमा रहेका ८ छोराबाहेक छोरा/छोरी र बुहारी गरेर ४६ जना एकै ठाउँमा क्रिया कर्म गरेका थिए ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राई समेत दिवंगत विष्टको आत्मा शान्तिको कामनाका लागि विष्टकाे निवास पुगेका थिए । प्रदेश सभा सदस्यहरु, स्थानीय जनप्रतिनिधि लगायतले श्रद्धाञ्जली अर्पण गरे । मुख्यमन्त्री राईले असल अभिभावक गुमाएको बताए ।




















