इटहरी । करेसा वारी नहुने सहरी क्षेत्रमा वसोवास गर्ने मानिसहरुका लागि हरियो सागसव्जी लगायतमा आत्मनिर्भर वनाउन कौसी खेती सफल भई रहेको समयमा सुनसरीको इटहरीमा एक दिने प्रयोगात्मक कौसी खेती तालिम सञ्चालन गरियो । 

   इटहरी उपमहानगरपालिकाको सहयोग तथा उर्जाशिल महिला कृषि समुहले आयोजना गरेको तालिममा समुहमा आवद्ध महिलाहरुलाई कौसी खेती गर्ने सहजिकरण गरिएको हो । 203517427_208679471024712_5904806419166107588_n

  तालिममा इटहरी उपमहानगरपालिका कृषि शाखाका अधिकृत गंगा अधिकारी प्राविधिक विमला राईले सहजिकरण गरेका थिए । 

 कार्यक्रममा सहभागी महिलाहरुलाई कौसी खेतीका लागि प्रोत्साहन गर्न इटहरी उपमहानगरपालिकाको तर्फबाट कार्यक्रमकी प्रमुख अतिथी उपप्रमुख लक्ष्मी गौतमले कृषि सामाग्री समेत हस्तान्तरण गरेको आयोजक उर्जाशिल महिला कृषि समुह इटहरीकी अध्यक्ष लक्ष्मी बराल गौतमले जानकारी दिइन । सो अवसरमा इटहरी उपमहानगरपालिका वडा नम्बर ६का वडाध्यक्ष दिपक गौतम लगायतको उपस्थिती रहेको थियो । पछिल्लो समयमा इटहरी क्षेत्रमा हरियो साग सव्जीका साथै फलफुलहरु समेत कौसीमै लगाउने क्रम वढेको छ ।