नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।
निरन्तर वर्षाले गर्दा चितवनको इच्छाकामना गाउँपालिका-६ पाँचकिलोमा पहिरो खस्दा नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध भएको हो ।
वर्षा भइरहेकाले पहिरो पन्छाउन गाह्रो भएको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ । पानी रोकिएसँगै पहिरो हटाउने प्रयास गर्ने प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध भएसँगै सवारीसाधन अलपत्र परेका छन् ।




















