प्रदेश १ का सार्वजनीयक यातायात व्यवसायीहरुले खोपको व्यवस्था र भाडा समायोजन नभए आफूले यातायताका साधन सञ्चालन नगर्ने बताएका छन् । सञ्चारकर्मी, सुरक्षाकर्मी र स्वास्थ्यकर्मी जस्तै यातायात क्षेत्रमा काम गर्नेहरु पनि अब अग्रपंतिमा आउने भन्दै सरकारलाई खोपको व्यवस्था यथासीग्र गर्न व्यवसायी तथा यातायात मजदुरहरुले माग गरेका हुन् । सार्वजनीक यातायात केन्द्रिय महासंघ १ नम्बर प्रदेशले मंगलबार पत्रकार सम्मेलन गर्दै सो कुराको माग गरेका हुन् । अहिले प्रदेश एक मा ४० हजारको हाराहारीमा सार्वजनीक याताया रहेका छन् । त्यसमा एक लाख जना प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आवद्ध भएको महासंघले जनाएको छ । सार्वजनीक यातायात सञ्चालन गर्दा उनिहरु अग्रपंतिमा खटिने भएकाले कोरोना सर्ने उच्च रहेको महासंघको ठम्याइ छ । व्यवसायी र मजदुरको सुरक्षाका लागि मात्रै नभएर यात्रुको सुरक्षाका लागि पनि यो क्षेत्रलाई खोपको आवश्यकता रहेको उनिहरुको भनाइ छ ।


अहिले सार्वजनीक यातायात केन्द्रिय महासंघले आगामी १८ गतेबाट यातायातका साधन सञ्चालन गर्ने जनाएको छ । अहिले सार्वजनीक यातायात सञ्चालन नहुँदा यातायात मजदुरहरु मारमा परेका छन् । रोगले भन्दा भोकले मर्ने अवस्था आउन लागे पनि सरकार उदासीन बनेको मजदुर संग संगठनका प्रतिनिधिहरु बताउँछन् ।


यस विषमा सरकारले गम्भिर नभएर नलागे कानूनी लगाइमा समेत लाग्न आफूहरु तयार रहेको व्यवसायी र मजदुरका प्रतिनिधिहरु बताउँछन् । अहिले सुनसरीसहित प्रदेश १ मा अन्य सवारीसाधनहरु निर्वाद रुपमा सञ्चालन भए पनि सार्वजनीक यातायात भन्ने सञ्चालन हुन सकेका छैनन् ।