धनकुटा । साँगुरीगढी गाउँपालिका भेडेटार धनकुटाको आयोजनामा विपन्न तथा महिलाहरुको आयआर्जनका लागि वडाका विपन्न महिलाहरूलाई बंगुरको पाठी वितरण कार्यक्रम सम्पन्न भएको छ ।
साँगुरीगढी गाउँपालिकाको चालु आर्थिक बर्ष २०७७र७८ को विनियोजित बजेट मार्फत महिलाको आयआर्जन बढाएर पालिकाकै आर्थिक संमृद्दि गराउने उद्देश्यले बिपन्न एक महिला एक बंगुर पाठी बितरण गरिएको हो ।
वडा नम्वर ७ मा वितरण गरिएको छ भने यसअघि नै वडा नम्वर १० मा वितरण गरिसकिएको साँगुरीगढी गाउँपालिकाले जनाएको छ ।
साँगुरीगढी गाउँपालिका वडा नम्वर ७, महाभारत, डडुवा स्थित वडा कार्यालयमा विपन्न तथा महिलाहरु लाइ बंगुरको पाठापाठी बितरण गरिएको गाउँपालिका उपाध्यक्ष विन्द्र राईले जानकारी दिनुभयो । 
उहाँका अनुसार वडामा रहेका विपन्न ६२ घरका महिलाहरूलाई एक घर एक बंगुरको पाठी अभियान अनुरूप वितरण गरिएको हो ।
वडा नम्वर १० का ६२ विपन्न घरका महिलाहरूलाई यस अघि नै प्रत्येक घरलाई एक पाठी वितरण गरिसकिएको छ । वडामा रहेका विपन्न महिलाहरूको आर्थिक जिवन स्तर उकास्ने उद्देश्यले वडामा विपन्न महिला छनौट गरि बंगुरको पाठी वितरण गरिएको हो ।
वडाका महिलाहरूले अनुदानमा बंगुरका पाठी पाउँदा वडावासिहरूमा खुसि छाएको छ ।
वडाका विपन्न एकल सातजना महिलाहरूको नाम छनौट गरि पठाईसकिएको र चाडै एक महिला एक बंगुरको पाठी वितरण गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ ।
साँगुरीगढी गाउँपालिकाका अध्यक्ष कुमारजङ्ग याख्खाको प्रमुख आतिथ्यता एवं वडा नम्वर ७ का अध्यक्ष पुर्ण बहादुर राईको अध्यक्षतामा सम्पन्न बंगुरको पाठी वितरण कार्यक्रममा गाउँपालिकाका योजना शाखा प्रमुख ज्ञान बहादुर राई, वडा सदस्य, खड्ग बहादुर राई, वडा सचिव राज बहादुर धराला, लगायतको उपस्थिति रहेको थियो ।




















