मोरङ । कोरोना कहरका कारण वडा वासीको स्वास्थ्यमा समस्या नहोस भनेर मोरङको सुन्दरहरैंचा नगरपालिका २ ले  दलित समुदायलाई लक्षीत गरि कोरोना सम्बन्धि सचेतना कार्यक्रम सञ्चालन गरेको छ । 

 जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सञ्चारकर्मी लगायतको टोलीले सुन्दरहरैंचा नगरपालिकाको २ नम्बर वडाका दलित समुदायहरुको बस्तीहरुमा पुगेर कोरोना सम्बन्धि सचेतना कार्यक्रम गरिएको साथै टोलीले प्रत्येक परिवारलाई ५० पिस सर्जिकल मास्क, हातधुने सावुन र औषधि वितरण गरेको वडासदस्य लक्ष्मीमाया परियारले जानकारी दिइन ।

  बेलडाँगीको मालती टोल, रेजिना टोल, पथ्थर घट्टा टोल र मृगौलिया बजार, हाटखोला लगायतका बस्तीमा रहेका विभिन्न दलित परिवारलाई स्वास्थ्य सामाग्री वितरण गर्नुका साथै उनीहरलाई कोरोना सम्बन्धि जनचेतना जगाइएको हो ।snapshot_017

 यस्तै टोलीमा सहभागि मृगौलिया स्वास्थ्य चौकीका अहेव सुनीलकुमार शाहले कोरोना रोगबाट बच्न अपनाउनु पर्ने उपाय, हातधुने तरिका लगायतका विषयमा जानकारी गराएका थिए । 

  दलित सचेतना कार्यक्रम अन्तरगत वडाका करिव ६० घर दलित परिवारलाई स्वास्थ्य सामाग्री वितरण गर्नुका साथै सचेतनाजगाउने काम गरेको वडाध्यक्ष डोरिलाल चौधरीले बताए । 

  जनप्रतिनिधिरी स्वास्थ्यकर्मी सहितको टोलीले कोरोना बारे जनचेतना जगाउनुका साथै स्वास्थ्य सामाग्री वितरण गरेकोमा दलित समुदायले खुशीव्यक्त गरेका थिए । 

 वितरण कार्यक्रममा दलितउत्थान समन्वय समिति ,सुन्दरहरैंचा–२ का संयोजक 

प्रल्हाद विश्वकर्मा, गुडलक एजुकेसनका निर्देशक रेवती निरौला लगायतको सहभागिता रहेको थियो ।