इटहरी । कोरोना कहरको समयमा पनि सुनसरीको इटहरीमा रहेको इटहरी अस्पतालले अन्य विरामीहरुलाई समेत सेवा दिदै आएको जनाएको छ ।
इटहरी अस्पतालले कोभिडका विरामीहरुका साथै आकस्मीक तथा जनरल सेवा अन्र्तगत सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दै आएको हो।
इटहरी अस्पतालले संक्रमितहरुलाई छुट्टै राखेर उपचार गर्ने देखि लिएर आकस्मीक सेवा , गर्भवती सेवा ,गर्भपतन सेवा सहित जनरल ओपिडी सेवा समेत सञ्चालन गर्दै आएका अस्पतालका आकस्मीक शाखा इञ्चार्ज रामकुमार धमलाले वताएका छन ।
उनले कोरोना नियन्त्रणका लागि इटहरी अस्पतालले विभिन्न कार्यक्रमहरु समेत गर्दै आए जानकारी गराइए ।
कोरोना कहर जारी रहेको समयमा होम आइसोलेसनमा बस्नेहरुले स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार वस्नु पर्नेमा जोड दिदै अस्पतालका निमित्त प्रमुख डा. योगेश चेम्जोगंले अक्सिजनको लेवल क्रमिक रुपमा घट्दै गएमा तथा उच्च ज्वरो आएमा स्वास्थ्य संस्थामा जान सुझाव दिए ।
उनले कोभिडका विरामीमा कोभिड नेगेटिभ देखिएपनि कतिपयमा अन्य समस्या देखा पर्ने तर्फ सचेत वन्नु पर्ने अवस्था रहेको वताए ।
कोरोना संक्रमितलाई हेर्ने दृष्टिकोण समाजमा समेत राम्रो नभएको आफुले महसुश गरेको नेपाल विद्यार्थी संघ सुनसरीका अध्यक्ष मन्दिप भट्टराईले वताए ।
उनले रोगीलाई हैन रोगलाई घृणा गर्ने गरी समाज परिवर्तन हुनु पर्नेमा जोड दिए ।




















