धनकुटा । धनकुटा लेडि जेसिजको आयोजनामा जिल्ला अस्पताल धनकुटालाई स्वास्थ्य सामाग्रि हस्तान्तरण गरेको छ । हस्तान्तरित स्वास्थ्य सामाग्रिहरूमा फेससिल्ड २० थान, ५ सय थान मास्क, २ सय थान ग्लोव्स, १० लिटर स्यानीटाईजर लगायत रहेका छन् ।
उक्त सामाग्रि धनकुटा नगरपालिका वडा नम्वर ५ का टेक बहादुर र दिपकला श्रेष्ठ कि छोरी युके निवासि अस्मिता श्रेष्ठले सौजन्य गर्नु भएको धनकुटा लेडि जेसिजकि बर्ष २०२१ कि अध्यक्ष विसिका श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्लामा बढ्दै गईरहेको कोरोना भाईरस कोभिड १९ संक्रमितहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै संक्रमितहरूलाई उपचारमा शहज बनाउने उद्देश्यले जिल्ला अस्पताल धनकुटाका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर पुजन विश्वकर्मालाई हस्तान्तरण गरेको हो ।
धनकुटा लेडि जेसिज अध्यक्ष श्रेष्ठ, अध्यक्ष श्रेष्ठका प्रथम पुरूष, उपाध्यक्ष सावित्रा राईलगायतको उपस्थितिमा सामाग्रि हस्तान्तरण गरिएको हो ।




















