मोरगं । स्थानिय प्रशासनले कोरोना नफैलियोस भनेर लगाएको निषेधाज्ञका कारण बजार सम्म पुगेर खाद्यन्न,तरकारी सहजरुपमा किन्न नपाइरहेको बेलामा सर्वसाधरणको सुविधाका लागी मोरगं बेलबारीका एक युवाले मोवायल पसल सञ्चालनमा ल्याएर सहज बनाइ दिएका छन् ।
बेलबारी नगरपालिका ४ का सुभाष राईले निषेधाज्ञको समयमा पनी बेलबारीका स्थानियहरुलाई खाद्यन्न सामाग्रीहरु किन्न समस्या झेल्नु नपरोस भनेर घर घरमै अत्यआवश्यक खाद्यन्न,तरकारी,फलफुल लगायतका सामानहरु गाउँ गाउँमै पुगेर विक्री गर्न थालेको राईले बताए ।
पाचँ वर्ष सम्म वैदेशिक रोजगारीका लागी कोरिया वसेर फर्केका सुभाषले आफ्नै गाउँ ठाउँमा ब्यवसाय गरौ भनेर सदाबहार कृषी मार्ट बेलबारी २ मालपोत छेउमा
सटर लिएर तरकारी तथा फलफुलको थोक तथा खुद्रा पसल सञ्चालनको तयारी गरिरहेको समयमा निषेधाज्ञ सुरु भएपछी घर घरमै पुगेर खाद्यन्न, हरीयो तरकारी लगायतका सामानहरु बजारकै भाउमा बिक्री गर्न थालेका छन् ।
स्थानिय तरकारीलाईनै बजार सम्म ल्यएर विक्री वितरण गर्ने उद्धेश्यले कृषी मार्ट सञ्चालनमा ल्याएको र आगामी दिनमा कृषीमा क्रान्ती गर्न सकिन्छ भनेर ठुलो क्षेत्रफल लिजमा लिएर कृषी गर्ने पनी राईले बातए ।
स्वास्थ्य,सुरक्षा सतर्कता अप्नाउदै घर घरमा तरकारी,फलफुल,खाद्यन्नहर घर घरमै ल्याई दिदा सहज भएको स्थानियहरु बताउछन् ।
स्थानिय ग्राहकहरुको सुविधाका लागी लकडाउन पछीपनी फोन गरेर अडर गरेमा निःशुल्क घर घरमै सर्भिस दिने पनी बताए ।




















