धनकुटा । कोरोना भाइरस कोभिड १९ को संक्रमण बढिरहेको अवस्थामा संक्रमितकालागि साँगुरीगढी गाउँपालिकाले औषधि किटबक्स वितरण गरेको छ । 

साँगुरीगढी गाउँपालिका वडा नम्वर ५ ओख्रेका १३ जना कोभिड संक्रमितहरूलाई १३ थान औषधि सहितको किटबक्स वितरण गरेको साँगुरीगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयराम श्रेष्ठले जानकारी दिनुभयो । 187193660_479701119967995_1978711366811267178_n

स्थानीय जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै औषधि सहितको किटबक्स वितरण गरेको गाउँपालिका अध्यक्ष कुमार जङ्ग याखाको भनाई छ । 

 पालिका अध्यक्ष कुमारजंग याखा,   सामाजिक विकास समिति संयोजक बाल कृष्ण राई, वडाध्यक्ष  पलक बस्नेत र स्वास्थ्यका कर्मचारीलगायतको उपस्थितिमा उक्त सामाग्रि वितरण गरेको हो ।