इटहरी । मानवीय सेवामा सक्रिय रहने उद्धेश्य सहित स्थापना भएको लायन्स क्लव अफ माल्भीन जोन इटहरीले दिन रात नभनि खटिएका सुरक्षाकर्मी लगायत लाइ खाजा वितरण गरेको छ ।
स्थानीय प्रशासनले कोरोनाको संक्रमण नफैलियोस भनेर सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई लायन्स क्लव अफ माल्भीन जोनका अध्यक्ष रितेश श्रेष्ठको नेतृत्वमा वितरण गरिएको हो । 
क्लबको दोस्रो कार्यक्रम अन्तरगत धरान,इटहरी,दुहवी,विराटनगर क्षेत्रमा रहेर सुरक्षा दिईरहेका ससस्त्र प्रहरी,नेपाल प्रहरी,ट्राफिक प्रहरी,र बटुवा समेतलाई चाउचाउ,पानी,जुस,विस्कुट वितरण गरिएको क्लबका उपाध्यक्ष मिनकुमार मगरले जानकारी दिए ।
यस अघी पनी क्लबले स्वास्थ्य सुरक्षाका लागि सुरक्षाकर्मी तथा सर्वसाधारणहरुलाई मास्क र सेनिटाइजर वितरण गरेको र आगामी दिनमा क्लबले गरिब, असाहाय, दलित लगायतको क्षेत्रमा विभिन्न कार्यक्रम सहित चेतना मुलक कार्यहरुका साथै रेस्क्युका कामहरुमा समेत सक्रिय रहने उपाध्यक्ष मगरले वताए ।




















