इटहरी । केही दिन देखि सुनसरीको इटहरीबाट हराई रहेका ७४ वर्षिय जेष्ठ नागरिक बाबुराम चौधरीको खोजी कार्य जारी भएपनि नभेटिएले आफन्तहरुले कसैले देखेमा खबर गरी दिन आग्रह गरेका छन ।
गत बैशाख १५ गते इटहरी वडा नम्बर ८ भुर्की आफनै घरबाट कसैलाई नभनि हिडेका बाबुराम घर फर्किएर नआएपछि आफन्तहरुले खोजी गर्दै आएकोमा र बैशाख २० गते नै श्रीमान हराएकाले खोजतलास गरि दिन आग्रह गर्दै बाबुरामकी श्रीमती महाबती चौधरीले इलाका प्रहरी कार्यालय इटहरीमा निवेदन समेत दिएकी थिइन ।
बाबुराम हराएको एक महिना विती सक्दा समेत फेला पर्न नसकेकाले आफन्तहरुले देख्नु भएमा खबर गरिदिन आफन्तले अनुरोध गरेका हुन । हराइ रहेका बाबुराम गहुगोरो उचाई ५ फिट ५ इन्च कपाल कालो सेतो , मझौलो शरिर, दाहिने आँखाको छेउमा कालो कोठी भएको सेतो सर्ट खरानी रगंको कट्टु र हरियो गम्छा लगाएको हुलुलिया बर्ण गर्दै देख्नु भएमा आफन्त बद्री पेस्करको मोवायल नम्बर ९८४२०३६७५२ र ९८०४०७२५६१मा जानकारी गराई दिन अथवा नजिकको प्रहरी कार्यालयमा जिम्मा लगाई दिन आफन्तजनले आग्रह गरेका छन ।




















