इटहरी । कोभिड १९को नयाँ भेरियन्टको संक्रमण फैलिरहेको समयमा नेपाल खेलकुद महासंघको कोभिड १९ विरुद्धको राष्ट्रिय अभियान अन्र्तगत फ्रन्टलाईनमा खटीने सुनसरीका सुरक्षाकर्मीहरुलाई पनि स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरिएको छ ।
सुनसरीका विभिन्न ६ स्थानमा रहेका प्रहरी कार्यालयहरुमा महासंघले मास्क ,सेनेटाइजर ,साबुन वितरण गरेको हो ।
सुरक्षाकर्मीहरुका लागि स्वास्थ्य सुरक्षा सामाग्री वितरण कार्यक्रममा महासंघका केन्द्रीय स्थाई कमिटि सदस्य सुरेश कार्कीको नेतृत्व तथा जिल्ला संयोजक पुष्प कार्कीको संयोजकत्वमा प्रदेश सहया संयोजक भेषराज कार्की , सचिवालय सदस्य उमेश सुवेदी लगायतको सहभागितामा वितरण गरिएको थियो ।
महासंघले इलाका प्रहरी कार्यालय पकलीलाई एक हजार थान मास्क ५ लिटर सेनेटाइजर १२ पिस,फेससिल्ड इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघटीलाई मास्क एक हजार थान सेनेटाइजर ५ लिटर साबुन १२ पिस चतरा प्रहरी चौकीलाई मास्क चार सय ५० थान सेनेटाइजर ५ लिटर साबुन १०पिस कालाबञ्जार ,नडाहा र बागें प्रहरी चौकीलाई समान मास्क ५सय पिस सेनेटाइजर २ लिटर साबुन ६ पिसका दरले वितरण गरिएको केहीदिन अगाडी इलाका प्रहरी कार्यालय बेलबारी लाई पनी मास्क,सेनेटाइजर,साबुन वितरण गरेको केन्द्रीय स्थाइ कमिटिका सदस्य सुरेश कार्कीले जानकारी दिए ।
उनले जिल्लाका अन्य प्रहरी कार्यालयहरुमा समेत स्वास्थ्य सुरक्षा सामाग्री वितरण गर्ने समेत वताए ।




















