इटहरी । मानवीय सेवामा सक्रिय रहने उद्धेश्य सहित सुनसरीको इटहरीमा लायन्स क्लव अफ माल्भीन इटहरी जोन रितेश श्रेष्ठको अध्यक्षतामा गठन गरिएको छ ।
नव गठित लायन्स क्लव अफ इटहरी माल्भीन जोनको प्रथम उपाध्यक्षमा मिनकुमार मगर , द्धितिय उपाध्यक्षमा दिपक काफ्ले , सचिव रुपक थापा , कोषाध्यक्षमा कमल राना मगर चयन भएका छन । त्यसै गरी सदस्यहरुमा दिपक तामागं , भरत चौधरी , अभिनास लिम्बु , याम लामा , नविन तामागं ,सरोज गिरी , राहुल मगर , मनिता मगर र सोनी श्रेष्ठ रहेका छन । 
लायन्स क्लव अफ इटहरी माल्भीन जोनले पहिलो कार्यक्रमका रुपमा कोरोना संक्रमण फैलिरहेको तर्फ मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाका लागि सुरक्षाकर्मी तथा सर्वसाधारणहरुलाई मास्क र सेनिटाइजर वितरण कार्यक्रम गरेको नव गठित समितिका प्रथम उपाध्यक्ष मिनकुमार मगरले जानकारी दिए । 
आगामी दिनमा क्लबले गरिब, असाय, दलित लगायतको क्षेत्रमा विभिन्न कार्यक्रम सहित चेतना मुलक कार्यहरुका साथै रेस्क्युका कामहरुमा समेत सक्रिय रहने मगरले वताए ।




















