बराहक्षेत्र /  कोरोना भाइरस नियन्त्रण तथा उपचारको थप व्यवस्था मिलाउनको लागि बिभिन्न स्थानिय तहहरुले आइसोलेसनलाई तिब्रता दिदै गएका छन् । स्थानिय तहहरुमा कोरोना संक्रमितको सख्या उच्च गतिमा फैलन थालेपछी सुनसरीका विभिन्न पालिकाहरुले आफ्नो क्षेत्रमा आइसोलेसन निर्माणमा सकृयता देखाएका हुन ।

धरान, सुनसरी लगाएतले आइसोलेसन निमार्ण गरिसकेका छन् भने बराहक्षेत्र नगरपालिकाले समेत ५० बेड क्षमताको अक्सिजनसहितको आइसोलन केन्द्र निमार्ण गरेको छ । बराहक्षेत्रमा दोस्रो भेरियन्ट सहितको संक्रमणले उच्च रुप लिन थालेपछी तत्कालै अक्सिजन सहितको आइसोलेसन निर्माण गरिएको बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख निलम खनालले बताएका छन् । बराहक्षेत्रको शप्तकोसी बहुमुखि क्याम्पसको भवनमा एक कोठामा ६ जना बस्नेगरिको आइसाेलेसन सम्पन्न गरेको र कोरोनाको दोस्रो लहरमा अक्सिजनको निकै आवश्यक रहेको हुँदा अक्सिजनसहित  निर्माण गरिएकाे खनालले बताएका छन् । 

कोरोना महामारी कै समयमा आफ्ना नगर बासिलाई परेको समस्या समाधानका लागी र संक्रमितहरुलाई अस्पताल, आइसोलेसनमा पुर्याउन खनालले आफ्नो गाडि एम्बुलेसनको रुपमा प्रयोग गर्ने छन् । उनकको र प्रशासकिय अधिकृतले प्रयोग गदै आएको गाडि भोलिबाट बराहक्षेत्रकै आइसोलेसनमा रहने र आवश्यक परेमा थप सेवा सुविधा दिदै कोरोना न्युनिकरण गर्रने साथै नगर वासिकालागी आफु हरपल खटिरहरे प्रमुखले जानकारी दिए ।

पहिलो चरणको कोरोना संक्रमणको असर भन्दा दोस्रो चरणको संक्रमणले स्वास्थ्यमा बढि असर पुर्याउने स्वास्थ्य कर्मी तथा आइसोलेसन इन्र्चाज प्रमोद यादव बताउछन् । जसकालागी अक्सिजन सहितको आइसुलेसन निर्माण गरिएको उनले बताएका छन् ।