धरान, समुदाय स्तरमा कोरोना संक्रमित हुन थालेपछि धरान उपमहानगरपालिका आज आकस्मित बैठक बसेको छ ।

बैठकबाट धरानको तिनकुने नाकामा र धरानको भानुचोककमा भोली देखि हेल्प डेक्स राख्ने निर्णय भएको छ ।

धरानका इलाका प्रहरी कार्यालय ,ट्राफिक प्रहरी , जिल्ला रेडक्रस, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान , स्वास्थ्य महाशाखा धरान इलाका प्रशासन र अन्य यातायात व्यवसायी संघको उपस्थितमा यस्तो निर्णय भएको हो ।