मोरगं । वोयर जातका बाख्रा पालनबाट थोरै समयमा धेरै आम्दानी गर्न सकिने तर्फ मध्यनजर गर्दै मोरगंको सुन्दरहरैचा नगरपालिकाले कृषि समुहलाई वोयर जातका पाठीहरु वितरण गर्न थालेको छ ।

    सुन्दरहरैचा नगरपालिकाले बाख्रा पकेट क्षेत्र वनाउने लक्ष्य सहित वडा नम्बर ८ का कृषि समुहहरुलाई वोयर जातको पाठी वितरण गर्न थालेको हो ।

  नगरक्षेत्रमा बाख्रा पालन गर्ने कृषकहरुलाई लक्षित गरी थोरै समयमा धेरै राम्रो आम्दानी लिन सकिने जातका रुपमा रहेको वोयर बाख्रा पालनमा जोड दिदै पाठी वितरण गर्न थालिएको सुन्दरहरैचा नगरपालिकाका प्रमुख शिव ढकालले वताए । उनले अनुदान एउटै व्यक्ति र संस्थालाई दोहोर्याएर दिन नहुने भन्दै आएको समेत जानकारी गराए ।178372417_798227824136512_6520594256187942588_n

  बाख्रा पालनका लागि पाठी अनुदानमा पाएपछि कृषि समुहका मानिसहरु उत्साहित भएका छन । अनुदानले आफुहरुलाई बाख्रा पालनका लागि थप उर्जा प्रदान गरेको उनीहरु वताउछन ।

 वोयर जातको पाठीहरुबाट राम्रो आम्दानी गर्न सकिने भएको कारण कृषि समुहहरुलाई संघीय सरकारका तर्फबाट प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना तथा नगरपालिकाको समन्वयमा कृषि समुहलाई अनुदानमा पाठी वितरण गरेको सुन्दरहरैचा नगरपालिका पशुपंछी प्रवद्र्धन शाखा प्रमुख जिवनकुमार चापागाईले जानकारी दिए ।178614590_464165341555760_3349232827508438290_n

 उनले एउटा कृषि समुहलाई दुई वटा पाठी उपलव्ध गराएको समेत वताए ।

 बाख्राको नल्श सुधारका लागि वोयर जातका पाठीहरु वडा नम्बर ८ का ५० कृषि समुहलाई २ वटाका दरले एक सय वटा पाठी नगरपालिकाले वितरण गरेको जनाइएको छ ।

सहरी तथा ग्रामिण क्षेत्रमा रहेको सुन्दरहरैचा नगरपालिकाले नगरवासीको आर्यआर्जनका लागि कृषिका विभिन्न विधा छुट्याएर पकेट क्षेत्रको रुपमा विकास गर्ने कार्यलाई समेत अघि वढाएको छ ।