मोरङको सुन्दरहरैचा नगरपालिकाले भुमिहिन सुकुम्बासीको लगत संकलन सुरु गरेको छ । यसै विषयमा वडा नम्बर ४ ले लागत संकलनको सुरुवात गरेको हो । वडामा वसोवास गरिरहेका भूमिहिन सुकुम्वासी र भूमिहिन दलितलाई जग्गा उपलब्ध गराउन र अब्यवस्थित वसोवासीलाई ब्यवस्थित गर्न टोल टोलमा लगत संकलन सुरु भएको हो ।लगत संकलनका लागि कर्मचारी खटिने वडा कार्यालयले जानकारी दिएको छ ।
तिन हप्ता भित्रमा वडाका सवै भूमिहिन सुकुम्वासी भूमिहिन दलित र अब्यवस्थित वसोवासीको लगत संकलन गरि सक्ने तयारी वडा कार्यालयको रहेको छ । सुन्दरहरैचामा भूमी सम्वन्धी समस्यालाई समाधानका लागि सहजिकरण गर्न भूमी सम्वन्धी समस्या समाधान सहजिकरण समिति गठन गरिसकिएको छ । यस्तै वडामा वडाध्यक्षको संयोजकत्वमा वडास्तरीय भूमी सम्वन्धी समस्या समाधान सहजिकरण समिति समेत गठन गरिएको छ । सुन्दरहरैचा वडा ४ मा रहेका भूमिहिन सुकुम्वासी र भूमिहिन दलितलाई जग्गा उपलब्ध गराउन वडा कार्यालयको सक्दो सहयोग रहने वडा अध्यक्ष शैलेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।
वडा भरमा रहेका अव्यवस्थित बसोबासी र भूमिहिन दलित तथा सुकुम्बासीलाई घर घरमा पुगेर फारम भराइने छ । उक्त फारभ भर्नका लागी स्थानिय रुपमा १० वर्ष बसोवास गरि भुमि उपयोग गरेको हुनु पर्ने छ ।




















