कोकिला भण्डारी

धनकुटा  । धनकुटामा शुक्रबारबाट हात्तीपाइले रोग बिरुद्धको आमऔषधी खुवाउन सुरु गरिएको छ ।

धनकुटा जिल्लाको लेगुवामा अझै हात्तिपाइले रोगका विरामी भेटिएकोले जिल्ला भरि नै औषधी खुवाउनु परेको स्वाथ्य कार्यलय धनकुटाका प्रमुख तुलसी प्रसाद गुराँगाईले जानकारी दिनुभयो ।

धनकुटा जिल्लाको जनसंख्या १ लाख ७१ हजार ५२६ रहेको छ । गत बर्ष ६८.२३ प्रतिशत मानिसले आमऔषधी सेवन गर्नु भएको थियो भने । यस बर्ष औषधी खान योग्य ९० प्रतिशत जनसंख्यालाई औषधी खुवाउने लक्ष्य राखिएको स्वाथ्य कार्यलयले धनकुटाले जनाएको छ ।

क्यूलेक्स जातको संक्रमित पोथी लामखुटेको टोकाईबाट लाग्ने रोग यो हात्तिपाईले रोगबाट विश्वमा १२ करोड भन्दा बढि मानिसहरु संक्रमित छन भने ४ करोड भन्दा बढि मानिस अंगभंग भएको स्वास्थ्य कार्यालयको तथ्यांक छ ।