इटहरी । सुकुम्बासी तथा सिमान्तकृत वर्गका बालबालिकाहरु अध्ययन गर्ने सुनसरीको ग्रामिण क्षेत्र रामधुनी ४मा रहेको रामजानकी आधारभुत विद्यालयमा पहिलो पटक अक्षयकोष स्थापना गरिएको छ ।

   आफना स्वर्गीय बुबा इन्द्रबहादुर बस्नेतको ४५ दिने स्मृतिका अवसर पारेर छोरा बुहारी दुर्गाबहादुर बस्नेत , कमला बस्नेत र रमेशकुमार बस्नेत र शान्ति बस्नेत लगायतले विद्यालयका लागि ३ लाखको अक्षयकोष स्थापनाका लागि रकम हस्तान्तरण गरेका हुन ।

   केही वर्ष अघि सम्म आफनो वसोवास रहेको क्षेत्रमा शैक्षिक क्षेत्रमा सहयोग गर्ने बुबाको चाहनालाई पुरा गर्न पनि आफुहरुले स्वर्गीय बुबा आमा इन्द्रबहादुर बस्नेत तथा नरकुमारी बस्नेत स्मृति गरिव तथा जेहेन्दार छात्रवृत्ति कोष स्थापनाका लागि सहयोग गरेको अक्षयकोषका स्थापक दुर्गाबहादुर बस्नेतले जानकारी दिए । 

  मानिसहरुले समाजका लागि केही गर्नु पर्छ भनेर पाठ सिकाउन पनि मद्धत गर्ने उद्धेश्यले अक्षयकोषका लागि रकम उपलव्ध गराएको वतादै अन्य शैक्षिक क्षेत्रहरुमा समेत सहयोग गर्ने दाता बस्नेतले वताए ।

  ग्रामिण क्षेत्रमा रहेको भएपनि विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको रामजानकी विद्यालयमा सुकुम्बासी तथा सिामान्तकृत वर्गका एक सय ५६ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन । IMG_9098

दैनिक बनी गरेर जीविकोपार्जन गर्दै आएका बहुसंख्यक अभिभावकहरुका सन्ततीहरु अध्ययन गर्ने विद्यालयका विद्यार्थीहरुको गुणस्तरीय शिक्षामा सहयोग पुर्याउ दुर्गा बहादुर बस्नेत लगायत बस्नेत परिवारले स्थापना गरिएको अक्षयकोष महत्वपुर्ण हुने विद्यालयका प्रध्यानाध्यापक गोपालराज चौलागाईले जानकारी गराए ।

   अक्षयकोषमा जम्मा गरिएको रकमको व्याजले गरिव तथा जेहेन्दार विद्यार्थीको अध्ययनमा सहयोग गर्ने गरी छात्रवृत्ति वितरण गरिने रकम हस्तान्तरण समारोहमा जानकारी गराइयो । 

   रकम हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रअ चौलागाईलाई अक्षयकोषका दाताहरुका तर्फबाट दुर्गाबहादुर बस्नेतले तीन लाख रुपौयाको चेक हस्तान्तरण गरेका थिए । 

  छात्रवृत्ति हरेक वर्ष नियमित रुपमा परिक्षा नतिजाको पुरस्कार वितरण गर्दा कक्षा १ देखि ५ कक्षा सम्मकै प्रत्येक कक्षाका एक एक जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने समेत जानकारी गराइयो । 

   अक्षयकोष सञ्चालनका लागि प्रकास बन्धु बस्नेतको अध्यक्षतामा पाँच सदस्यीय समिति समेत वनाइएको छ । 

   समितिको सदस्यमा लक्ष्मी नारायण चौधरी , दल बहादुर खड्का , नइन्द्र विष्ठ र सदस्य सचिव गोपाल राज चौलागाई रहेका छन ।