इटहरी । शैक्षिक क्षेत्रमा प्रसिद्धि कमाएको  सुनसरीको इटहरीमा अवस्थीत विश्व आर्दश कलेजमा कक्षा ११मा अध्ययन गर्न आउने विद्यार्थीलाई स्वागत तथा १२ का विद्यार्थीलाई सम्मान गरिएको छ ।

  विश्व आर्दश कलेजमा अध्यनरत कक्षा १२ का विद्यार्थीले आयोजना गरेको स्वागत कार्यक्रममा कक्षा ११का विज्ञान तथा व्यवस्थापन संकायमा अध्ययनका लागि आएका ७ सय ५० जना विद्यार्थीलाई कलेजमा विविध कार्यक्रम गरी स्वागत गरिएको हो ।

 राष्ट्रिय परिक्षा वोडको नतिजा अनुसार १२ कक्षामा ए प्लस  ल्याउने २८ जना विद्यार्थी सहित अभिभावकलाई पनी सम्मान गरिएको छ ।IMG_20240824_213143

स्वागत कार्यक्रममा विद्यार्थीले सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।

त्यसै गरी  विश्व आदर्श फ्रेसर प्रतियोगितामा २० जनाले सहभागिता जनाएकामा ५ जना पुरस्कृत भएका छन् ।

सो विश्व आदर्श फ्रेसर प्रतियोगितामा एन्जिला गौतम प्रथम,यनी थपलिया दोस्रो,पुणर्िमा खड्का तेस्रो भएका छन् भने चौथोमा श्रीयन्सा घिमिरे र पाँचौमा श्रृजन रसाइलीले क्रमर्स ३० हजार,२० हजार,१५ हजार र १० हजार,५ हजार नगद र पुरस्कार प्राप्त गरेका थिए ।IMG_20240824_213104

साथै फ्रेसर प्रतियोगितामा जेनिसा राइलार्इृ ब्राण्ड एम्बास्डर घोषणा गरिएको छ ।  

विश्व आर्दश फ्रेसर प्रयोगिताको निणर्ायकमा रोसना थापा ,प्रविण पाठक, विना कट्वाल रहेका थिए ।

 कार्यक्रममा विश्व आर्दश कलेजका अध्यक्ष लेखनाथ घिमीरे प्राचार्य गणेश दुलाल , कलेजका अध्यापकहरु , विद्यार्थी साथै अभिभावकहरुको बाक्लो सहभागिता रहेको थियो ।