इटहरी । दिवंगत भएका आफन्तहरुको सम्झनामा विशेष गरी काठमाण्डौमा मनाईदै आएको गाईजात्रा पछिल्लो समय तराईका जिल्लाहरुमा पनि मनाउन थालिएको छ ।
नेवार समुदायले मनाउने यो पर्वले अहिले तराईका जिल्लामा पनि सद्भाव छर्न थालेको हो ।
एक वर्ष भित्र दिवङ्गत आफन्तको सम्झनामा गाई वा मानिसलाई विभिन्न रुपमा सिँगारी आ–आफ्ना इलाकामा परिक्रमा गराइने प्रचलन रहेको छ ।
दिवंगत भएका स्वःगोकुल बहादुर श्रेष्ठ,देवी श्रेष्ठ र बेद कुमारी श्रेष्ठको सम्झनामा इटहरीका नेवार समाजले इटहरी वडा नम्बर ४, ६ र १६ का नेवार समुदायहरुले गाईजात्रा पर्व संयुक्तरुपमा गाईजात्रा निकालिएको छ ।
नेपा बहुउदेश्य सहकारी अगाडी औपचारिक कार्यक्रम गरी नेपा भवन देखि इटहरी हुदै राधा कृष्ण शिव मन्दिर पुगेर समापन गरिएको थियो ।
इटहरीमा नेवार समुदायलेहरुले २०५७ साल देखि इटहरीमा गाइजात्रा तथा लाखे जात्रा सुरुगरेको हो । यसपालि देखि इटहरी उपमहा नगरपालिकाले बिदाको व्यवस्था गरेको हुदा गाइजात्रा पर्व मनाउन चहि मरेका पित्रीशरुको नाममा जसको एक वर्ष वा बढि भएको हो त्यस ठाउबाट यो निकाल्ने गरिन्छ । 
उनिहरुको नाममा गाइको मुकुट बनाएर पित्रृको नाम दिएर गाइजात्रा निकाल्ने परम्परा रहेको नेवा ःपुचा इटहरीका अध्यक्ष कालीदास श्रेष्ठले ताए ।
गाईजात्रा नेपालको एतिहासिक पर्व हो । गाईलाई हाम्रो वौदिक सनातन सस्कृतिको रुपमा लिने गरिन्छ । भाइचारा कायम राख्न पर्वको रुपमा गाईजात्रालाई लिइन्छ ।
स्थानिय तह भित्र जातजाती भाषा धर्म आदीलाइ हेर्छ र हरेक नागरिकलाई समान व्यवहार गर्ने र कला भाषा साहित्य धर्म सस्कृतिको जगेर्ना गर्र्नेे स्थानिय सरकारको हो ।
इटहरी भित्र यो समुदायका व्यतिहरुले व्यसायिक क्षेत्रमा नभएर सामाजिक र सास्कृतिक क्षेत्रमा पनि इटहरी निमार्णमा महत्वपुर्ण भुमिका खेल्ने कार्यक्रमका ज्रमुख अतिथी इटहरी उप महानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेलले बताए ।
व्यापार र कामकाजको सिलसिलामा नेवार समुदायहरु तराईका जिल्ला झरेपछि यो पर्व तराईमा पनि मनाउन थालिएको हो ।
समुदायमा एकता दिन पनि यो पर्वले निरन्तरता पाउने गरेको छ ।
अघिल्ला बर्ष भन्दा यस बर्ष यो जात्रामा सहभागिता जनाउनेको संख्यामा वृद्धि भएको नेवार समाजले जनाएको छ ।
गाईजात्रामा नेवार समुदायको लाठी नाँच र लाखेजात्राले पनि प्राथमिकता पाउने गरेको छ । विभिन्न रुपरंगमा सजिएका लाखेले यो पर्वको महत्वलाई थप बढाएको छ ।
लाखेजात्रामा तराईका अन्य समुदायका मानिसहरु पनि सहभागि हुने गरेका छन् । लाखेजात्रा, लाठी नाँच र धिमे बाजाले नेवार समुदायको संस्कृति संरक्षणसँगै तराईमा सांस्कृतिक सद्भाव कायम गर्न पनि भूमिका खेलेको छ ।
त्यस्तै गाईजात्राकै अवसरमा मृतआत्मा शान्तीको कामना गर्दै इटहरी चोकमा साझ दिप प्रज्वलन गरेको छ ।
राजा प्रताप मल्लले पुत्रशोकले विह्वल आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भनेर सुरु गरेको यो पर्व अहिले पनि उत्तिकै सान्र्दभिक देखिन्छ ।


















