हिन्दु धर्ममा साउन महिनामा भगवान शिवको पूजा आराधना गर्ने प्रचलन छ । आज बिहानैबाट पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनहरुको देख्न सकिन्छ । विशेष गरी सोमवार व्रत बसी भगवान शिवको दर्शन गरेमा मनोकामना पूरा हुने विश्वास छ । सोमवार विशेष गरी महिला भक्तजनको शिवालयहरूमा भीड लाग्ने गर्छ । साउनको सोमवार व्रत बसी भगवान महादेव पूजा, आराधना गरे विवाहित महिलाले अटल सौभाग्य प्राप्त गर्ने र अविवाहित महिलाले सुयोग्य वर पाउने शास्त्रोक्त कथन छ । यस वर्ष साउनमा ४ वटा सोमवार परेका थिए । ७, १४, २१ र २८ गरी ४ वटा सोमवार थिए । आज यस वर्षको साउन महिनाको अन्तिम सोमवार हो