इटहरी । इलाका प्रहरी कार्यालय इटहरी सुनसरीका प्रहरी सहायक हवल्दार सुरज कुमार भुजेल र कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरमा कार्यरत प्रहरी जवान शम्शेरबहादुर मगर वैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।
इटहरी ४ बुढिगंगा मुत्तिघाटमा इलाम जिल्ला पशुपतिनगरका विनाद तामाङलाइ धरान उप महानगरपालिका १३ बस्ने २० वर्षिय अनिल तामाङले हत्या गरि फरार रहेकालाइ पक्राउ गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका भजेललाई कोशि प्रदेश प्रहरी कार्यालय विराटनगरले वैशाख “महिनाको सर्वोत्कृष्ट प्रहरी” ‘पुलिस अफ द मन्थ’ घोषणा गरेको हो ।
त्यस्तै, इटहरी उप महानगरपालिका १ का २१ व्र्षिय सन्देश निरौलालाइ इटहरी उप महानगरपालिका वडा नम्बर ९ का १९ वर्षिय पासाङ तामाङले खुकुरी प्रहार गरि फरार रहेका तामाङलाइ झापाको शिव सत्ताशी नगरपालिका ७ स्थित निजकै घरबाट पक्राउ गरेको र विभिन्न लागुऔषधमा संलग्न व्यत्तिहरुलाइ पक्राउ गरी कानुनि दायरामा ल्याउन सफल भएका कोशि प्रदेश प्रहरी तालिम केन्द्रमा कार्यरथ प्रहरी जवान सम्शेर बहादुर मगरलाइ कोशि प्रदेश प्रहरी कार्यालय विराटनगरले वैशाख “महिनाको सर्वोत्कृष्ट प्रहरी” ‘पुलिस अफ द मन्थ’ घोषणा गरेको हो ।
कोशी प्रदेशभरी कार्यरत रहेका प्रहरी कर्मचारीहरू मध्येबाट उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूको छनौट गरी पुरस्कृत गर्दै आइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले वैशाख महिनामा उत्कृष्ट कार्य गर्ने उनीहरूलाई महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको हो । पुरस्कृत भएका भुजेलले इटहरीमा भएका हत्याका घटनाहरूका प्रतिवादीहरूलाई पक्राउ गर्नुका साथै लागूऔषध कारोबारीहरूलाई समेत पक्राउ गर्न सफल भएका थिए ।
यसैगरी मगरले तालिम केन्द्रमा बाधापार ईभेन्ट्स निर्माण लगायत प्रशिक्षण एवं पूर्वाधारको स्तरोन्नतिमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।




















