इटहरी ।  विश्व आर्दश कलेज इटहरीमा केही दिन अघि आयोजना गरिएको शैक्षिक तथा विज्ञान प्रविधि प्रर्दशनीमा कक्षा ११ को विज्ञान संकायका विद्यार्थी सिसान चौधरी लगायतले मोटरसाईकलको इन्जिन प्रयोग गरेर बनाएको चारचक्के गाडी प्रर्दशनीको रोजाईमा परेको थियो ।

     त्यस भन्दा अघि पुर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानमा आयोजना गरिएको प्रर्दशनीमा समेत विश्व आदर्शका विद्यार्थी सिसान चौधरी , निसान विश्वकर्र्र्मा, अमन दंगाल र अंकुर वुढाथोकीले वनाएको सोही गाडी प्रर्दशनीको मुख्य रोजाइमा परेको थियो ।

मेकानिकल इन्जिनियरिङ्गको अध्ययन गर्दा प्रयोगात्मक अभ्यासका रुपमा प्रयोग गर्न सकिने गरी यस प्रकारको गाडी अहिले नै आफुहरुले वनाएको विद्यार्थी सिसान चौधरीले वताए । उनले मोटरसाईकलको इन्जिन प्रयोग गरेर वनाइने भएका कारण सस्तोमा पुरा गाडी वनाउन सकिने समेत जानकारी गराए ।vlcsnap-2024-02-16-14h41m16s834

केही दिन अघि विश्व आदर्श कलेजले विद्यार्थीहरुको क्षमता प्रस्फुटन गराउने उद्धेश्यले आयोजना गरेको शैक्षिक तथा विज्ञान प्रविधि प्रर्दशनीमा राखिएको थियो । प्रर्दशनी अवलोकनका लागि आएका अभिभावकहरुले विद्यार्थीहरुले वनाएको गाडी मन पराएका थिए ।

प्रर्दशनीका प्रमुख अथिती इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलले विद्यार्थीहरुले तयार पारेका सामाग्रीहरुको प्रदर्शनीको अवलोकन गर्दै कतिपय अवस्थामा युवा विद्यार्थीहरुले विभिन्न जीवनोपयोगी सामाग्रीहरु वनाइ रहेपनि त्यसलाई प्रयोगमा ल्याउन कानुनी वाधा रहने तर्फ  मध्यनजर गर्दै कानुनी वाध्यहरु हटाएर सहज वनाउनु पर्नेमा जोड दिए ।vlcsnap-2024-02-16-14h42m11s877

विश्व आर्दश कलेजले हरेक वर्ष विद्यार्थीहरुको शिक्षा र सिपको व्यवहारिक प्रयोगात्मक अभ्यासको प्रर्दशनीले आयोजना गरेर विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्न सहयोग पुर्याउदै आएको प्राचार्य गणेशकुमार दुलाल वताउछन ।

यो गाडी वनाउन समेत कलेजले विद्यार्थीलाई दुई लाख सहयोग गरेको गरेको थियो । चौधरी लगायतका विद्यार्थीहरुले सोही प्रर्दशनीमा चेन विनाको साईकल वनाएर प्रर्दशनीमा राखेका थिए ।

  विद्यार्थीहरुले वनाउने यस्ता नयाँ प्रविधियुक्त सामाग्रीहरुलाई यही ब्राण्डीगं गर्न सके कमाउनका लागि युवा विद्यार्थी विदेशीनु पर्ने वाध्यतामा कमी आउने अपेक्षा गर्न सकिन्छ  ।