फागुन, काठमाडौं । लोक सेवा आयोगले राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह पदको परीक्षाको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।

आयोगले गत असारमा सन्चालन गरेको खुला तथा सामावेशी विज्ञापनको परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो । प्रारम्भिक परीक्षामा सहभागी झण्डै १६ हजार परीक्षार्थीहरुमध्येबाट अधिकृत पदमा नियुक्तिका लागि २१७ जना सिफारिस भएका छन् ।