इटहरी । नेपाली सेनाको श्री कृष्ण दल गणको आयोजनामा भलिवल कोर्ट हस्तान्तरण खेलकुद तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
श्रीकृष्ण दल गणले पशुपति ईङ्गलिस बोर्डिङ्ग स्कुलमा अध्यानरत २४ जना विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको हो ।
सैनिक कल्याणकारी कोषको लगानीमा संचालित सैनिक विद्यालय÷महाविद्यालयहरुमा अध्ययन गर्ने मौका नपाएका नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सकल दर्जाका सन्ततीहरुलाई जिल्लामा भएका विद्यालयहरुसँग नेपाली सेनाले शैक्षिक सहकार्य तथा सम्झौता गरी अध्ययन÷अध्यापन गराउदै आएको छ । 
ईटहरी ५ मा रहेको पशुपति ईङ्गलिस बोर्डिङ्ग स्कुल संग नेपाली सेना, कल्याणकारी कोष शैक्षिक सहयोग र सहकार्यमा २०७६ सालदेखि निरन्तर रुपमा बहालवाला तथा अवकाश प्राप्त सैनिकका ५५ जना सन्ततिहरु अध्यन गरिरहेको हुदा उक्त विद्यालयमा अध्यनरत जेहेन्दार तथा उत्कृष्ट विद्यार्थीहरु लाई शैक्षिक विद्यार्थीहरु लाई वितरण तथा खेलकुद सामाग्रीहरु स्कुलका प्रधानाध्यापक सुमित थापालाई श्रीकृष्णदल गणका गणपति प्रमुख सेनानी अमित लामाले हस्तान्तरण गरेका थिए । 
कृष्णदल गणद्धारा निर्माण गरिएको भलिवल कोर्ट र खेलकुद सामाग्रीहरु भलिवल,ब्यटमिन्टन लगायतको वितरण गरिएको थियो ।
विद्यालयमा अध्ययनरत कक्षा १ देखि कक्षा १२ सम्मका जेहेन्दार तथा उत्कृष्ट विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप शैक्षिक सामाग्री समेत वितरण गरिएको श्रीकृष्णदल गणका गणपति लामाले जानकारी दिए ।
उक्त कार्यक्रममा कृष्णदल गणका जेष्ठ सेनानी रुपेस चापागाई, सेनानी दिपक कुमार खत्री, पशुपति ईङ्गलिस बोर्डिङ्ग स्कुलका प्रधानअध्यापक सुमित थापा लगायतको उपस्थिति रहेको थियो ।




















