विर्तामोड । विगत लामो समय देखि बाँझो रहदै आएको मेची नदिको किनार क्षेत्रको काँसघारी फाँडेर आलु खेती गरेका दुई युवाले राम्रो उत्पादन लिन सफल भएका छन । मेची नगरापालिका वडा नम्बर १५ नेपाल भारत सिमा नजिकैको मेची नदीको बगरमा एघार विघा जमिनमा आलु खेति गरेका लिला खनाल र हरि नेपालले प्रति कठा ११ क्विटल आलु उत्पादन गरेका हुन ।
केही वर्ष बैदेशिक रोजगारी गरेर आफनै देशमा केही गर्नु पर्छ भन्ने सोच बोकेर फर्किएका हरि नेपाल र लिला खनालले एक सय आठ विघा जमिन भाडामा लिएर नेपाली बाबु स्मार्ट कृषि फार्म सञ्चालन गर्दै आएका छन ।जस मध्ये मेची नदी किनारको ११ विघामा आलु खेती लगाएका हुन ।अर्गानिक खेतीमा जोड दिदै आएका खनाल र नेपालले पिना, गोवर मल लगायतका मलको प्रयोग गरेर लगाएको आलुको उत्पादन राम्रो भएसंगै व्यापारीहरु बारीमै खरिदका लागि पुग्ने गरेको कृषि फार्म सञ्चालक लिला खनाल सुनाउछन । आलु खेती आधुनिक प्रविधिबाट गरिएको ४५ लाख रुपैया लगानी लागेको र एक कठ्ठा जमिनमा लगभग ११ क्विन्टलका दरले आलु उत्पादन भएकाले थप उत्साहित वनाएको अर्का सञ्चालक हरि नेपाल वताउछन ।
आलु खेतीका लागि मात्र ४५ जना श्रमिक परिचालन गरिएको सो कृषि फार्मका कार्यरत श्रमिक लालबाबु गणेश मिहिनेत अनुसारको आलु फलेको वताउछन । नेपाली बाबु स्मार्ट कृषि फार्मले २० वर्षको सम्झौता गरि भाडा लिएका जमिनमा परिक्षणको रुपमा आलु ,फर्सी, केप्सिकम लौका, टमाटर, फूलकोपी लगायतका तरकारी सहित सिजन अनुसार खरभुजा खेती सफल भईसकेको र भविश्यमा यो क्षेत्रलाई कृषि पर्यटकिय केन्द्रको रुपमा विकास गर्न सकिने कृषि फार्ममा कार्यरत कृषि प्राविधिक विमल तामाङ वताउछन । नेपाली बाबु स्मार्ट कृषि फार्मले पहिलो वर्ष मै अगार्निक रुपमा लगाएको आलु बालीमा सफलता पाएपछि फार्म सञ्चालकहरुलाई साथै देख्नेहरुलाई समेत उत्साहित वनाएको छ । तर मेची नदि किनारमा रहेको यो कृषि फार्मलाई वर्षायाममा भने मेची नदिले दुख दिने होकी भनेर सञ्चालकहरुलाई चिन्तित वनाउने गरेको छ ।




















