इटहरी।  नेपाली सांगीतिक क्षेत्रका स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यको ३३ औँ स्मृति दिवसको अवसर पारेर संगीत साधना प्रतिष्ठान इटहरीले विशेष सांगितीक कार्यक्रमको आयोजना गरि नारायण गोपाललाई स्मरण गरेको छ ।

   प्रतिष्ठानका अध्यक्ष राम खड्काको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्यमा नारायण गोपालको स्मरणमा सांगितीक कार्यक्रम आयोजना गरिएको हो ।

  नारायण गोपालको स्मृतिमा आयोजना गरिएको सांगितिक कार्यक्रममा नयाँ तथा पुराना गायक गायिकाहरुले नारायण गोपालका गितहरु गायका थिए ।त्यसै गरी अन्य गित संगित समेत प्रस्तुत गरियो । केही वर्ष यता देखि संगित साधना प्रतिष्ठानले नारायण गोपालको स्मृति दिवसमा नारायण गोपाल विशेष सांगितिक कार्यक्रम आयोजना गर्दै आएको प्रतिष्ठानका महासचिव राजु केसीले जानकारी गराए ।WhatsApp Image 2023-12-05 at 17.22.54

  प्रतिष्ठानले आयोजना गरेको सांगितिक कार्यक्रममा बाल गायिका प्राप्ती पोखरेल, वेनिसा परियार , कुसुम कार्की ,अंकुर भट्टराई , रिदम डाँगी , प्रितम आचार्य लगायतले विभिन्न गितहरु प्रस्तुत गरेका थिए ।

    वि सं १९९६ मा असोज १८ गते काठमाण्डौंको किलागलमा जन्मिएका नारायण गोपालको  निधन वि सं २०४७ मंसिर १९ गते भएको थियो । वि सं २०१७ सालमा रेडियो नेपालमा माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गाएर स्वर परीक्षा पास गरेका नारायण गोपालले थुप्रै कालजयी गीत गाएका छन । WhatsApp Image 2023-12-05 at 17.23.00 (1)

२०२३ सालमा सर्वोत्तम संगितकार, २०२४ सालमा सर्वोत्तम गायक, २०३९ सालमा रत्न रेकर्ड पुरस्कार, २०३३ सालमा गोरखा दक्षिणबाहु चौथो, २०४० सालमा इन्द्र राज्यलक्ष्मी प्रज्ञा पुरस्कार, २०४४ सालमा छिन्नलता पुरस्कार, २०४५ सालमा जगदम्बाश्री पुरस्कारबाट सम्मान गरिएको थियो यस्तै २०४८ सालमा त्रिशक्तिपट्ट तेस्रो पुरस्कारले मरणोपरान्त नारायण गोपाल सम्मानीत भएका थिए ।

संगित साधना प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा नेपाली सेनाको पुर्वी पृतनापति डा.आसबहादुर तामागं , साहित्यकार मनु मञ्जील , टका आत्रेय लगायत गित संगित ,साहित्य कला क्षेत्रका अग्रहहरु देखि अनुजहरु समेतको सहभागिता रहेको थियो ।